ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



दिनकै ९ अर्ब रूपैयाँ कारोबार हुने इ–सेवाको कथा


प्रविधि र समाज- १

इ–सेवा प्रालि नेपालको अग्रणी फिनटेक (फाइनान्सियल टेक्नोलोजी) कम्पनी हो। इ–सेवा वालेट तथा अनलाइन भुक्तानी प्लेटफर्म करिब एक करोड नेपालीले प्रयोग गर्छन्।

यति ठूलो संख्यामा नेपालीहरूसँग जोडिएका र उनीहरूलाई पलपलमा सेवा दिँदै आएका थोरै मात्र निजी कम्पनी छन्।

इ–सेवाका सिइओ जगदीश खड्काका अनुसार इ–सेवा प्रयोग गरेर दैनिक करिब १५–२० लाख नेपालीले ३०–३५ लाख पटक आर्थिक कारोबार गर्छन्। रकमका हिसाबले यो कारोबार दैनिक ८–९ अर्ब रूपैयाँको हो।

नेपालीहरूलाई दैनिक रूपमा यति ठूलो मात्रामा सेवा दिने सायद थोरै मात्र नेपाली कम्पनी छन्।

हामी धेरैलाई लाग्छ — सफल कम्पनी यसै बन्छन्, भाग्यले बन्छन्!

भाग्यमा धेरै भरपर्ने संस्कृतिमा हुर्केका हामीलाई त्यस्तो लाग्नु अस्वाभाविक होइन। तर कम्पनी त्यसै बन्दैनन्। 

कुनै पनि सफल कम्पनीको इँटामा आँट, आत्मविश्वास र अविरल मेहनतको अमिट छाप हुन्छ। लामो संघर्ष पार गरेर मात्र कुनै पनि कम्पनी सफल बन्छ। र, यति धेरै मानिसको जिन्दगीलाई छुन सक्छ।

इ–सेवा यस्तै कम्पनी हो। र, यो एक दिनमा बनेको होइन।

इ–सेवाका संस्थापक विश्वास ढकालले सन् २००४ मा यसको मूल कम्पनी एफवान सफ्ट इन्टरनेसनल स्थापना गरेका हुन्। त्यो बेला कम्पनी त खुल्यो, तर त्यसको कार्यालय थिएन।

विश्वासलाई धेरै साथीहरू जिस्काउँथे— विश्वासले कम्पनी झोलामा बोकेर हिँड्छ!

तर विश्वासलाई आफ्नो कर्ममा पूर्ण विश्वास थियो।

आज उनले स्थापना गरेको कम्पनीले बनाएको इ–सेवा एप एक करोड नेपालीले आफ्नो मोबाइलमा बोकेर हिँड्छन्। र, दैनिक लाखौंले प्रयोग गर्छन्।

यो अन्तर्वार्तामा हामी इ–सेवाको त्यही यात्रा, संघर्ष, प्रगति र आगामी सपनाको कुरा गर्नेछौं।

'प्रविधि र समाज' शृंखलाको पहिलो अंकमा हामीले इ–सेवाका सिइओ जगदीश खड्कासँग कुराकानी गरेका छौं।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.