ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



६५ हेक्टर बाँझो जमिनमा सामुहिक ओखर बगैचा स्थापना


बसन्त बिश्वकर्मा 
बाजुरा 

चैत्र ६ । खप्तड छेडेदह गाँउपालिकामा बृहत् विशेष कार्यक्रम अन्तरगत सामुहिक ओखर बैगैचा स्थापना गरिएको छ । गाँउपालिकाको वडा नं ५को उच्च पहाडी क्षेत्रमा उक्त बगैचा स्थापना गरिएको हो । 

कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष कार्यक्रम अन्तरगत ८५ परिवारको सहभागितामा बगैचा स्थापना गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । करिव ३५ हेक्टर जमिनको एउटै क्लष्टरमा सामुहिक ओखर बगैँचा फैलिएको छ ।


स्थानीयको सक्रियतामा स्थानीयले ओखरका बोटहरु लगाउन खाल्डा तयार पारेपनि फागुन महिनामा बगैचामा ओखर रोपिएको हो । लामो समय देखि बाझो रहेको खेतियोग्य जमिालाइ स्थानीयले सदुपयोग गर्दै ओखर बगैचा बनाउन जुटेका हुँन् । बगैचामा हाल ३ हजार ५ सय बोटहरु रोपिएको स्थानीय सगुने बुदाले बताउनु भयो । 
हाल प्राय सबै वोटहरू पलाउन शुरू भयका छन् । अवको ५ बर्षमा १ हजार ८सय कलमि ओखर फल्न शुरू गर्नेछन् भने त्यसको अर्काे ५ बर्षमा वाँकि १ हजार ७ सय बिजु ओखरका वोटहरू फल्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले बताउनु भयो । 


जैशीका अनुसार आगामी बर्ष थप १५०० वोट रोपेर पाँच हजार ओखरको सामुहिक बगैँचा निर्माण गरिनेछ । यसवाट सबै परिस्थिति अनुकुल भयमा एक वोटवाट कम्तिमा १० के जि का दरले उत्पादनको हिसाब गर्दा ५०० कुईन्टल ओखर उत्पादन हुने व्यवस्थापन समिति अध्यक्ष नन्दवहादुर रावत ले बताए ।
हाल बजारमा प्रति कीलो खोखरको मुल्य  रू ४ सय रहेको छ । यहि दरमा दरले ओखर बजारमा  बिक्रि भएमा एक बर्षमा करिव २ करोड रकम किसानले प्राप्त गर्न सक्ने अनुमान ज्ञान केन्द्रको रहेको छ ।


ग्रामिण क्षेत्रमा खेति योग्य जमिन बाँझो राखेर विदेस तिर पलयन हुने समस्या बढ्दै जान थालेपछि उत्पादनमा कमिआउन थालेको र  अन्य खेति गर्दा जंगली जनारले क्षति गर्ने हुनाले कृषि ज्ञान केन्द्र र पालिका र  स्थानीयको सहकार्यमा उन्नत जातका खोरको बोटहरु लगाएर बगैचा निर्माण गरिएको खप्तड छेडेदह गाँउपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताउनु भयो । उनका अनुसार पालिकाका सम्पुर्ण वडाहरुमा कम्तीमा एक फलफूल बगैचा निर्माण गर्ने पालिकाको योजना रहेको छ ।
यस्ता बगैचा बाट भएको उत्पादनलाई बजारीकरण गर्न पालिकाले योजना बानई रहेको अध्यक्ष रावतको भनाइ रहेको छ । समुहिक खेतिले सम्पुर्ण किसानहरुको आर्थिक अबस्था पनि सुधार हुने अध्यक्ष रावतले बताए ।
बिरुवा खरिद, बरिुवा रोप्न खाडल तयारी,मल ब्यवस्थापन, कृषकहरुको लागी तलिम्, घेरबार सिचाई लगायतका लागी कृषी ज्ञनकेन्द्र र समुहले साझेदारी, गरेर लगानी गरिएको छ । बगैचा स्थापनामा कुल ३३ लाख ६२ हजार लागनी गरिएको छ । जसमा १९ लाख ९२ हजार ज्ञान केन्द्रको अनुदान र १३ लाख ७० हजार समुहको लगानी रहेको  सुचना अधिकारी जैशीले बताउनु भयो । 
बगैचामा घेरबार निर्माण , सिचाईको ब्यवस्थापन, प्रविधिक सहयोग लायत सवैको ब्यवस्थापन गरिएको छ । उच्च पहाडी क्षेत्रमा राम्रो उप्पादन दिने फलको रुपमा रहेको ओख बाजुरा जिल्लाका उच्च भुभाग र जंगलहरुमा समेत फस्टाउने बिरुवा हो ।
दिन प्रतिदिन बदलीदो मौसम र हावा परिवर्तनका कारणले पराम्परागत खेति गर्दा उत्पादनमा कमि आउन थालेपछि स्थानीयले केहि बर्ष देखि  बाँझो रहेको जमिनमा उन्नत जातका ओखरहरु रोपेर विकल्प खेति थालनी गरिएको हो । 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.