ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



आलुको राजधानि रुपमा चिनिने ढम्कने, काउलि र बन्दा उत्पादनमा पनि अब्बल


बाजुराः जिल्लाकै आलुको राजधानि भनेर चिनिने जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ ढम्कने बासीहरु तरकारी खेतीमा ब्यस्त रहेका छन् । सुहाउदो हावापानि भएका कारण आफ्नो गाउघरमा आलु लगायत काउलि,बन्दा,मुला,गाजर,टमाटर,भिण्डि,खुर्सानी ,फुलगोबि,लगायत रायो,चम्सुर,दलहन बालिहरु,सिमि,भटमास,मास,गहत,मटर सबै उत्पादन हुने त्यहाँका कृषक बासिहरुले बताएका छन । ढम्कने गाउँ जिल्ला सदरमुकाम मार्तडी बाट करिब साढे तिन घण्टाको पैदल यात्रा पछि पुगिने एक सुन्दर गाउँ हो। उक्त गाउका स्थानियबासिहरुका घरमा तरकारी नलगाएको प्राय कमै मात्रामा देखिने गरिन्छ । सबैले कुनै न कुनै तरकारि पेशा अगालेर बसिरहेका हुन्छन कोहि दलहन बालितिर लागिपरेका हुन्छन भने कोहि आलुवालि,बन्दाबालि लगायत अन्य बालिहरुमा लागिपरेका हुन्छन ।

तरकारि उत्पादनबाटै आफ्नो गाउँ मात्रै नभई जिल्लालाई आत्मनिर्भर बनाउन त्यहाका बासिन्दाहरु लागि परेका हुन्छन बिहान सबेरै उठेर बेलुकि राति नहुदासम्म उनिहरु खेतिपातिको काममै ब्यस्त रहन्छन,तरकारि हरियो सागसब्जि खाउ स्वस्थ्य रहौ भन्ने उदेश्यलाई आत्मसात गरेर त्यहाका कृषक दाजुभाइ दिदिबहिनी काममा लागि परेका हुन्छन ।ढम्कनेमा जिल्लाका अन्य ठाउभन्दा तरकारि मात्रै नभई अन्य खेतिपाति वालिहरु पनि राम्रो उत्पादन हुने गर्दछ आलुको झन राम्रो उत्पादन हुने भएका कारण त्यहा आलु पाठसाला समेत स्थापना गरिएको छ ।उक्त पाठशालाले स्थानिय बासिन्दालाई थप सहजता मिलेको छ त्यतिमात्र होयन आलुको राम्रो उत्पादनै भएका कारण वि.सं २०७६ सालमा आलुको उत्पादन प्रसोधन बजारिकरण हाम्रो अभियान ढम्कनेको स्थानिय अर्गानिक स्थानिय आलु बाजुराको पहिचान भन्ने मुल नाराका साथ देशकै चौथो तथा शुदुरपश्चिमकै पहिलो आलु महोत्सव सञ्चालन गरिएको थियो । उक्त महोत्सवमा आलुको विशाल पहाड,आलुका विभिन्न परिकार लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथ कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गरिएको थियो ।

उक्त महोत्सले ढम्कने बासिहरुका आलुहरु देशका ठुल्ठुला सहर काठमाडौं,नेपालगञ्ज ,धनगढि,पोखरा,बिराटनगर सम्म पुगेका थिय जसबाट ढम्कने बासिहरुले ठुलो उपलब्धि हासिल गरेका थिय सबै स्थानियहरुका आलु बिक्री समेत भएका थिय त्यहि महोत्सव देखि स्थानिय ढम्कने बासिहरु तरकारि खेतिमा आकर्सित हुँदै गएका हुन ।कतिपयले महोत्सव पछि आलुको उत्पादनमा गिरावट आएको बताए पनि किशानहरुको लापरबाही,छाडा गोरु चौपाया,उचित वालिको संरक्षण मा ध्यान दिन नसक्दा आलु उत्पादनमा अलि गिरावट आउन पुगेको हो तर पनि किसान हरुले हरेस नखाई एकोहोरो लागि परेर अहिले पनि त्यहाका किशानहरु मनग्य आम्दानी तरकारि खेतिबाटै गरिरहेका छन । अन्यत्र कतै त्यस्तो नभेटिएको एकै सिजनमा आफ्नै गाउमा २२ लाख बराबरको बन्दा तरकारि उत्पादन सोहि गाउमा भएको छ ।त्यहाका किसानहरुले एकै सिजनमा द्दद्द लाख भन्दा बढिको बन्दा उत्पादन गरि बजारिकरण गरेको ढम्कने बहुउद्देश्यीय सहकारिले जनाएको छ । सहकारिका अनुसार एकै सिजनमा गाउमा २२ लाखको बन्दा उत्पादन गरि स्थानिय बजारहरुमा बजारिकरण गरेका छन ।

उत्पादित बन्दाले राम्रो बजार नपाउँदा होलसेल प्रती के.जि २० का दरले बेचिएको पनि सहकारि ले जनाएको छ ।प्राङ्गागारिक मिसन कार्यक्रम अन्तर्गत उत्पादन गरिएका सो बन्दाहरु बजारिकरण गरि सो रकम जम्मा भएको बताईको छ ।गाउघरमा तरकारि उत्पादन तथा बजारिकरणमा समन्वयको भुमिका ढम्कने बहुउद्देश्यीय सहकारि लिमिटेडले गरिरहेको छ भने तरकारि उत्पादन गर्नमा सबै किसानहरु लागि परेका छन । त्यसैले त्यहाका स्थानिय बासिहरु ढम्कनेमा आलुमात्र नभई अन्य तरकारिहरुको पनि राम्रो उत्पादन हुने गरेको उनिहरु बताउँछन् ।गाउघरतिर आलुमात्रै नभई अन्य तरकारि उत्पादन गरेर राम्रो सफलता प्राप्त भयको त्यहाका स्थानियले बताएका छन । यदि जति उत्पानद गरेको सबै तरकारि बजारिकरण हुने हो भने ढम्कने बासिहरुलाई कुनै समस्या नआउने स्थानिय बताउछन । गाउघरको उत्पादनले राम्रो बजार पाउने हो भने गाउका कुनै पनि नागरिकहरु बिदेशिनु नपर्ने उनिहरु बताउछन कतिपयले गाउमै रोजगारि पाउने पनि उनिहरु दाबि गर्छन । गाउँमा सबैभन्दा बढि राम्रो उत्पादन त आलु नै हुन्छ तर पनि आलुबाट भन्दा अन्य तरकारि खेतिबाट राम्रो आम्दानि हात पार्न सकिने हुदा सबै स्थानीय फरक फरक पेशामा लागि परेका स्थानिय प्रेम बहादुर धामि बताउछन् ।

ढम्कने जस्तो प्रचुर सम्भावना बोकेको ठाउलाई राज्यले नजर लगाउने हो भने देशमै कतिपय नागरिकहरुले रोजगारि का अवसरहरु पाउने थिए तर पनि यसमा सरकार बेवास्ता रहेका छन राम्रो उत्पादित क्षेत्र पनि पछाडि धकेलिनु परेको छ । ढम्कने गाउँ समुन्द्री सतहबाट करिब २५०० मिटरको उचाईमा रहेको सुन्दर गाउँ हो जहाँ तरकारि खेतिका लागि प्रचुर सम्भावना रहेको छ । यदि सरकारको ध्यान गई त्यहाको माटो परिक्षण गरि कुन समयमा कुन खेति लगाउदा उपयुक्त हुन्छ भन्ने कराको ज्ञान लिन सके उत्पादन झनै राम्रो हुने सम्भावना हुन्थ्यो ।प्रसिद्ध पर्यटकिय स्थल कालाजग्रा को फेदिमा अबस्थित ढम्कने गाउँ प्राकृतिक बनावटले पनि धेरै सुन्दर देखिन्छ । वारिपारि डाडाकाडा बिचमा झुम्प परेर उतानो परेर सुतिरहेको रमाइलो गाउँ त्यति नै मनमोहक पनि देखिने सो बस्तिमा करिब २०० भन्दा बढि परिवार बसोबास गरेर बसेका छन उनिहरु सबैको पेशा त्यहि आलु र तरकारि खेति नै हो ।

एकै सिजनमा ठुलो धनरासि हात पार्न सक्ने तरकारि उत्पादन गरिने सो ठाउमा अलि बतास बढि चल्ने हिउदको समयमा धेरै जाडो हुने,अत्याधिक हिमपात हुने हुदा सबै सिजनमा तरकारि उत्पादन गर्न भने त्यति सरल देखिदैन काम गर्न निकै असहज हुने ठाउमा तर काम गरेर सफलता प्राप्त गर्ने हो भने सो ठाउमा धेरै सम्भावनाहरु रहेका छन । त्यहाका स्थानीय बासिहरुको दैनिक पेशा ने तरकारि खेति हो रातदिन महेनत गरेर लागि परेका हुन्छन त्यहाका किसानहरु आफ्नो बारिमा तरकारि लाउँ, लगाएको तरकारि पहिला एकचोटि आफु खाउँ, भन्ने उदेश्यले त्यहाका किसानहरु मेहिनेत गरेर सधै काममा लागि परेका हुन्छन ।ढम्कने गाउमा सबै स्थानियहरुले तरकारि बेचेर दैनिक समस्याहरु टारिरहेका पनि छन आफुले पनि ताजा ताजा बारिमै उत्पादन गरेको तरकारि खान्छन र स्वास्थ्य लाभ समेत लिने गरेका छन । गाउमा उत्पादित तरकारि सदरमुकाम मार्तडी लगायत पुर्बी उत्तरी भेगमा रहेका बुढिनन्दा,हिमालिमा समेत बेचिने गरेको छ ।

सदरमुकाम मार्तडी सम्म स्थानिय आफै तरकारि पिठ्युँउमा बोकेर समेत पुग्ने गर्दछन बिहानै घरबाट हिडेर बजारमा तरकारि बेचेर घर फर्किने गर्छन । त्यहि बेचेको तरकारि बाट दैनिक उपभोग्य सामान दाल,चामल,नुन,तेल,साबुन लगायत अन्य सामाग्री किनेर घरतिर जाने गर्दछन यसै तरकारि खेतिबाटै ढम्कने बासिहरुले बढिजसो घरब्यबहार चलाईरहेका हुन्छन कतिपयले यसै तरकारि खेतिबाट ठुलो मनग्य आम्दानि समेत गरेका हुन्छन न्युनतम एक सिजनमा एक परिवारले पाँच देखि छ लाख सम्मको कमाई गरिरहेका हुन्छन उक्त तरकारि खेति ढम्कने बासिहरुको प्रेरणाको स्रोत समेत बनेको छ ।जिल्लामा यति राम्रो तरकारि उत्पादन हुने पकेट क्षेत्र भएर पनि स्थानिय सरकारले भने अझै ध्यान दिन सकिरहेको छैन । जिल्लाबासिहरुले पनि स्थानिय तरकारि उपभोग गर्नुको साटो अन्यत्र बाहिर जिल्ला अर्थात बिदेशि तरकारिमा पर निर्भर बनेका हुन्छन ।

ढम्कने बासिको लागि यो चुनौतिको बिषय पनि हो स्थानिय सरकारले पनि खासै ध्यान नदिन उत्पादन गरेको कतिपय तरकारि गाईबस्तुहरुलाई खुवाउन समेत त्यहाका स्थानियहरु बाध्य हुन्छन बोकेर ल्याउन सम्भव नहुने गाउघरमा तरकारि ढुवानि गर्नको लागि सवारि साधन नजाने यसले गर्दा अलि तरकारि उत्पादनमा समस्या परेको त्यहाका स्थानियहरुले बताउने गरेका छन । यदि गाउमा जतिपनि उत्पादित तरकारि समयमै बजारमा पठाउन सकियो भने सोचेभन्दा बढि फाइदा लिने सकिने पनि कृषक हरु बताउन्छन् । यदि यसमा स्थानिय सरकारले उचित ध्यान दिएर उत्पादित तरकारि समयमै बजारमा पुगाउन सकियो भने जिल्लालाई तरकारि खेतिमा आत्मनिर्भर बनाउन सक्नुका साथै स्थानिहरुको आर्थिक आर्जन को ठुलो श्रोत बन्नुमा साथै कतिपयले रोजगारिका अवसर पाउने बिश्वास गरिन्छ । उक्त ढम्कने गाउलाई समेत नमुना तरकारि खेति उत्पादनको गाउँ भनेर घोषणा समेत गर्न सकिन्छ । गाउँमा उत्पादित तरकारिहरु छिटोछरितो जिल्ला बाहिर जिल्ला भित्र बजारिकरणमा सहयोग गरिदिन पनि स्थानिय सरकारसंग स्थानिय बासिहरुले अनुरोध समेत गरेका छन ।

तरकारीको लागी प्रचुर सम्भावना बोकेको बाजुराको ढम्कनेमा तरकारी खेती गर्न त्यहाँका किशानलाई आर्कर्षित गर्न खाजेको खण्डमा बढी भन्दा बढी मात्रामा तरकारी उत्पादन गर्न सकिने सरोकारवालाहरुको भनाई छ । ढम्कने बासीहरुलाई तरकारी उत्पादन सम्बन्धी जनचेतनामुलक कार्यक्रम,बिभिन्न तरकारी उत्पादन सम्बन्धी गोष्ठि,तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरेको खण्डमा ढम्कनेमा अझै राम्रो तरकारी बालीहरु उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराको भनाई छ । ढम्कनेमा आलु मात्रै नभई अन्य तरकारी बालीहरु पनि राम्रो उत्पादन हुने हुँदा त्यहाँको माटो परिक्षण गरि कुन समयमा कुन तरकारी खेती लगाउँदा उपयुक्त हुन्छ भन्ने कुरा पहिल्याई सोही अनुसार कृषकहरुलाई तरकारी बाली लगाउँन आग्रह गर्न सकिएको खण्डमा मनग्य आम्दानी कमाउँन सकिने ज्ञान केन्द्र बाजुराको भनाई छ । ढम्कनेका स्थानीयहरु बर्षौ देखि बिभिन्न खाले तरकारी खेतीहरु गर्दै आईरहेका छन् । तरकारीबाट एकै सिजनमा राम्रो आम्दानी गर्ने ढम्कने बासीहरुलाई तरकारी खेतीतर्फ बढीभन्दा बढी जोड दिन सकेको खण्डमा ढम्कनेलाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने निकै सम्भावना रहेको छ । ढम्कनेका कृषकहरुलाई तरकारी खेतीमा सहजता गर्न बिभिन्न सरोकारवाला निकाय,जिल्ला कृषि ज्ञान केन्द्र,कृषि विकाश शाखा लगायतले सहजीकरण गरेको खण्डमा थप त्यहाँका किशानलाई हौसला संगै तरकारी उत्पादन गर्नमा सहजता मिल्ने बिश्वास स्थानीयको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.