ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज राष्ट्रपति पौडेल आउँदै


अछाम– अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन्। बिहीवारदेखि २५ गतेसम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल अछाम आउन लागेका हुन्।

कोटीहोम मुल आयोजक समितिका अनुसार आज बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम (महाकुम्भ)को समुद्घाटन गर्ने छन्। नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ।

साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ। वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार,वैदिक सनातक धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन,समाजमा अध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथधामलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सृदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती, लोक ंस्कृति, लोककला,लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको बताइएको छ। कोटिहोम महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.