१० भदौ, काठमाडौं । नेपालमा कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको पहिलोपटक होइन । कोभिड–१९ भन्दा अगाडि पनि कर्जाको भारित औसत ब्याजदर १२ प्रतिशत माथि पुगेको थियो । अहिलेकै स्तरमा ब्याजदर हुँदा त्यसबेला कर्जा विस्तार पनि उत्साहजनक नै थियो ।
आर्थिक वर्ष २०७५/७६ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १९.४ प्रतिशतले विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । तर, गत आर्थिक वर्ष ०७९/८० मा भने त्यस्तो कर्जा जम्मा ३ दशमलव ८ प्रतिशतले मात्रै बढ्यो ।
कर्जाको यो वृद्धिदर ४२ वर्षयताको कमजोर हो । यसअघि आर्थिक वर्ष २०३९/४० मा २ दशमलव ३ प्रतिशत मात्रै निजी क्षेत्रतर्फको कर्जा विस्तार भएको थियो । त्यसयता पहिलोपटक निजी क्षेत्रतर्फको कर्जा विस्तार ४ प्रतिशतभन्दा कम भएको हो ।
यसअघि अर्थतन्त्र अत्यन्तै कमजोर भएको आव ०५८/५९ मा समेत निजी क्षेत्रको कर्जा विस्तार ५ दशमलव २ प्रतिशत भएको थियो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com