ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुराबाट कृषि जन्य उत्पादनकाे निर्यात बढ्याे


बाजुरा—दुर्गम जिल्लाको रुपमा रहेको बाजुराले केही बर्षदेखि कृषि वस्तु निर्यात गर्ने अभियानका रुपमा लिएको छ । कृषकहरुले अनुदान पाउन थालेपछि उत्पादनमा बृद्धि भएर निर्यात हुन थालेको हो ।

जसमा बाजुरा जिल्लाबाट २०८१/०८२ को आर्थिक बर्षमा मात्रै १ करोड ४० लाख ७३ हजार ८ सय बढिको कृषि वस्तु निर्यात गरेको तथ्याकं रहेको छ । भोकमरी र समस्या झेलि रहेको बाजुराबाट पनि निर्यात हुन्छ भन्ने यो तथ्याकंकले बाजुरा भोकमरी र समस्याको मात्र जिल्ला होइन भन्ने उदाहरण देखाएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को साउन देखि पौष मसान्तसम्म रु १ करोड ४० लाख ७३ हजार ८ सय बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताएका छन् । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफुल निर्यात भएको उनले बताए । चालु वर्षको ९ महिनामा मात्र १० करोड ४० हजार बराबरको कोदो निर्यात भएको तथ्याकं रहेको छ ।

जिल्लाको हिमाली क्षेत्रमा पाईने कोदो समेत शहरमा निर्यात हुन थालेपछि कोदो उत्पादनमा कृषकहरु उत्साहित भएर लागेको र आगामी बर्षमा अझै उत्पादनमा बृद्धि भएर निर्यात समेत बढि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहानीले बताए । त्यसै गरि १५ लाख ३० हजार बराबारको सिमी निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लाबाट यो बर्षमा १८ लाख ९० हजारको स्याउ, ६५ लाख ४५ हजार बराबारका आलु, २४ लाख २८ हजार ८ सयको बन्दा र ६ लाख ४० हजार बराबरको कागति जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहानीले बताए ।

जिल्लाका बिभिन्न ठाउँमा उत्पादन भएको २६ मेट्रिकटन कोदो जिल्ला बाहिर निर्यात भएको छ । जसको मुल्य १० करोड ४० हजार रुपिया कृषकले पाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । बाजुरामा उत्पादन भएको ३२ मेट्रिक टन स्याउ निर्यात हुदा कृषकले १८ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

बाजुरामा उत्पादन भएको १५ लाख ३० हजार रुपैयाँ बराबरको ९ मेट्रिकटन सिमी काठमाण्डौ लगायतका शहरमा पठाएको तथ्याकंमा उल्लेख गरिएको छ । पछिल्लो समय प्रदेश सरकार र स्थानिय तहले अनुदानका कार्यक्रम संचालन गरे संगै बाजुराका कृषकहरु कृषिजन्य उत्पादनतर्फ आर्कषीत भएको बडिमालिका नगरपालिका नगरप्रमुख अमर खड्काले बताए ।

स्थानिय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । बाजुराबाट सबैभन्दा धेरै अन्नवाली दाल र फलफूल निर्यात भएको तथ्याकं छ । स्थानीयले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा नेपालगन्ज धनगढी लगायतका शहरमा माग बढ्दै गएको छ । कृषि खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी तथा फलफुल र नगदेबाली खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका बाजुराबासीले पछिल्लो समय ब्यबासयीक कृषिखेती तिर आर्कषित हुदै आएका कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा केही समय पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ । यहाँका किसानले उत्पादन गरेको अर्गानिक कोदो पहिला कतै बिक्री हुँदैनथ्यो । कोदो कतै बिक्री नहुने गरेकोले यहाँका कतिपयले कृषकले आफूलाई खानका लागि मात्र कोदो लगाउने गरेका थिए । पछिल्लो समय यहाँका स्थानीय तहले किसानलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएपछि अहिले यहाँ कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँ उत्पादन हुने गरेको कोदोलाई देशका विभिन्न ठाउँमा माग हुन थालेसंगै आम्दानीको श्रोतको रुपमा रहेको छ । कतिपय व्यापारीले किसानको घरमै पुगेर कोदो खरिद गर्ने गरेका छन् ।

अहिले जिल्लाका विभिन्न बजारमा समेत बिक्री हुने गरेको छ । कोदोको परिकारलाई अहिले स्थानीय तहले पनि विद्यालय तथा अन्य सरकारी संस्थामा खाजाको रुपमा लिने गरेकोले पछिल्लो समय कोदोको निकै माग बढेको छ । जिल्ला विभिन्न ठाउँमा मात्र कोदो बिक्री नभई अहिले बाहिर समेत कोदो बिक्री भएको छ ।

अहिले ठेकेदारहरुले कोदोको प्रतिकिलोको २५ देखि ४० रुपियाँमा दिने गरेका छन् । अहिले देश विभिन्न तारे होटलमा अर्गानिक खानाको माग बढे संगै कोदो लगायतका अग्रानिक खाध्यबस्तुको माग बढिरहेको छ । यहाँ पनि अगार्निक कोदो उत्पादन हुने गरेकोले पछिल्लो समय कोदो खरिद गर्नका लागि जिल्ला बाहिरबाट व्यापारी गाउँमा पुग्ने गरेका छन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.