जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले मंसिर १ गते “प्रथम बडीमालिका कोदो दिवस”२०८१ मनाउने भएको छ । नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा स्थानिय बाली कोदोको प्रबर्द्धन, प्रचार र कृषकहरूलाई कोदो बाली प्रति आकर्षित गर्न हरेक बर्षको मङ्गिर १ गते कोदो दिवस बनाउने नीति बनाईए अनुसार मंसिर १ गते पहिलो पटक “प्रथम बडीमालिका कोदो दिवस”२०८१ मनाउन लागिएको बडीमालिका नगरपालिकाले जनाएको छ ।
बडीमालिका नगरपालिका कृषि विकाश शाखाको आयोजनामा “कोदो उत्पादनमा बृद्धि,बडीमालिकाको समृद्धि”भन्ने मुल नाराका साथ पहिलो पल्ट कोदो दिवस मनाउन लागीएको बडीमालिका कृषि शाखा प्रमुख ईन्द्र बहादुर रोकायाले बताएका छन् । बडीमालिका भित्र कोदोको उत्पादनमा बृद्धि गर्ने उदेश्यका साथ पालिकाको निति तथा कार्यक्रम अनुरुप दिवस मनाउन लागीएको रोकायाले बताए । पालिका भित्र उत्पादन गरिएको रैथाने बाली कोदोको प्रबर्द्धन तथा प्रचार–प्रसार गर्न तथा पालिका भित्र कोदो खेती गरिरहेका कृषकहरुलाई कार्यक्रम मार्फत थप कोदो खेति तर्फ आकर्षित गर्नको लागी उक्त दिवस सञ्चालन गर्न लागीएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको उत्पादन,बृद्धि तथा प्रबर्द्धन गर्नका निमित्त नगरपालिकाले नीति कार्यक्रममा हरेक बर्षको मंसिर १ गते कोदो दिवस सञ्चालन गर्ने निति बनाएसंगै नगरपालिकाका ९ वटै वडामा उत्पादित कोदोको बजारिकरण,त्यसको प्रचार–प्रसार गर्न बडिमालिका नगरपालिकाले मंसिर १ गते पहिलो पटक कोदो दिवस मनाउन लागेको नगर प्रमुख खड्काले बताएका छन् । नगरपालिकाका ९ वटै वडामा उत्पादन गरिएको कोदो लगायत कोदोका बिभिन्न परिकारलाई कार्यक्रममा प्रर्दशनी गरिने र थप कोदो खेती तर्फ किशानलाई आर्कषित गर्नको लागी जनचेतनामुलक कार्यक्रम मार्फत कोदोको बिषयमा जानकारी गराइने खड्काले बताए ।
मंसिर १ गते बडीमालिका ८ नेपाल खाद्य संस्थान संगै रहेको कृषि बजारमा सञ्चालन हुने कोदो दिवसमा नगरपालिका भरीका ९ वटै वडाका कृषक समुह,तथा कृषक दाजुभाई तथा दिदीबहिनीहरुले आआफ्नो खेतबारीमा उत्पादन गरेको कोदोजन्य उत्पादित बस्तुहरु ल्याई कार्यक्रममा सहभागी हुन नगरपालिकाले एक सूचना मार्फत सम्पुर्णलाई वडालाई आग्रह गरेको छ । कोदो दिवसरमा कोदोका बिभिन्न परिकार प्रर्दशन,ओखलमा फलेको कोदोको प्रर्दशन,नफलेको कोदो प्रर्दशन,कोदोको झुप्पा सहित प्रर्दशन,कोदोको स्थानीय परिकार जस्तैः९रोटी,ढिडो,माडा०लगायत प्रर्दशनी गरिने भएको छ । साथै दिवसमा “कोदो उत्पादनमा बृद्धि,बडीमालिकाको समृद्धि” भन्ने नाराका साथ मा।वि स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । जसमा एक मा.वि बिद्यालयबाट १ जना सहभागी हुनु पर्ने छ । “रैथाने तथा कोदो बालीलाई उत्पादनमा बृद्धि,संरक्षण,प्रशोधन र बजारीकरण ”भन्ने नाराका साथ वडा स्तरीय देउडा प्रतियोगिता समेत हुने भएको छ । प्रत्येक बिधामा उत्कृष्ट हुने सहभागीहरुलाई उचित पुरस्कारको समेत ब्यबस्था रहेको नगरपालिकाले जनाएको छ ।
कोदो दिवस कार्यक्रममा प्रर्दशनीमा ल्याइएका बस्तुहरुको विहान ९ बजेदेखि ११ बजेसम्म दर्ता गरिने र प्रर्दशनीमा ल्याइएका बस्तु कम्तीमा १ केजीको हुनुपर्ने छ । पहिलो पटक सञ्चालन हुन गईरहेको “प्रथम बडीमालिका कोदो दिवस”२०८१ लाई सब्य र भब्य बनाउनको लागी नगरबासी सम्पुर्ण कृषक आमाबुबा,दाजुभाई तथा दिदीबहिनीहरुमा नगरपालिकाले आग्रह गरेको छ । कोदो दिवसबाट कृषकहरुमा सकारात्मक उर्जा थपिने बिश्वास पालिकाले लिएको छ । कोदो दिवसरबाट थप किशानलाई कोदो खेतीतर्फ आर्कषित गर्न सहयोग मिल्ने बिश्वास आफुले लिएको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । बडीमालिकाका ९ वटै वडाका कृषकहरुलाई कोदो खेती तर्फ थप आर्कषित गर्नको लागी पहिलो पटक कोदो दिवस मनाउन लागीएको उनले बताईन् । । पालिका भित्रका धेरै ठाउँमा कोदो खेति राम्रो हुने हुँदा अझै उक्त बालीको प्रबर्द्धन तथा प्रचार गर्न पालिकाको निति कार्यक्रम अनुरुप कार्यक्रमको आयोजना गर्न लागीएको उनले बताएकी छन् ।
करिब ५ हजार वर्ष पहिले पुर्वी अफ्रिकी मुलुक इथियोपियाबाट उत्पत्ति भएको कोदो ४ हजार वर्ष अघि भारत हुँदै नेपाल भित्रिएको थियो । विश्वका २५ भन्दा बढी अफ्रिकी र एशियाली देशहरुमा यसको खेती हुने गरेको छ । नेपालको सन्दर्भमा कोदो मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्ने बाली हो । हाम्रो देशको तराईदेखि ३ हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मान्न सकिन्छ । नगरपालिकाका ९ वटै वडामा उत्पादित कोदोको बजारिकरण,प्रचार–प्रसार गर्नमा बडिमालिका कोदो दिवसले महत्वपूर्ण भुमिका खेल्ने उप–प्रमुख थापाको भनाइ रहेको छ । स्थानिय स्तरमा उत्पादित कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिक युक्त औषधीय गुण भएको बाली भएकोले बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगाएतका बिरामीहरुका लागि निकै उपयोगी खाद्यान्न मानिन्छ। मकैमा भन्दा ३५ गुणा र गहुंमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइने गरेको छ । यसैगरी चामलमा भन्दा २.३ गुणा, मकैमा भन्दा ३.७ गुणा र गहुँमा भन्दा १.५ गुणा बढी फलाम तत्व कोदोमा पाईने गरेको छ ।जसले गर्दा मानिसको शरिरलाई चाहिने आबश्यक पौष्टिक तत्व कोदो बाट पनि प्राप्त गर्न सकिन्छ ।
नगरपालिकाको सदरमुकाम ८,९ मार्तडी, ७ को ढम्कने,रजातोली, जिल्ली ,सिराडि,चुथि,त्यस्तै वडा नम्वर २ जुगाडा,भौनेरा,माझिगाउँ १ को पिनालेख,सल्याना,पाटा ३ को रजाली,४ को रिला, ५ को मना ६ को कोर्ध,लगायतका ठाउँमा कोदोको बढिजसो खेति गर्ने गरिन्छ । पालिका भित्रै कृषकहरुले उत्पादन गरेको परम्परागत रैथाने बाली कोदोको प्रबर्द्धन गर्न पालिकाले पहिलो पटक पालिकाको निति कार्यक्रम अनुसार कोदो दिवस मनाउन लागेको हो बडिमालिकाको यो नीति एकदमै औचित्य पुर्ण भएको र यो कार्यक्रमले स्थानीय कृषकहरुमा थप हौसला प्रदान गर्ने स्थानीयको भनाइ रहेको छ कोदोले मुटु रोग, स्वासप्रश्वास, पाचन प्रणाली, क्यान्सर लगायतका रोगहरुमा लाभदायक हुनुका साथै यो खाद्यान्न रोगप्रतिरोधात्मक हुने र यसले मांसपेशी र हड्डीलाई समेत मजबुत बनाउने हुँदा परम्परागत देखि कृषकहरु कोदोको खती गर्दै आईरहेका छन् थप यसको प्रचार संगै पालिका भरिका ९ वटै वडाका स्थानीय कृषकहरुलाई कोदो खेतिमा आकर्षित गर्नको लागी पालिकाले प्रथम कोदो दिवस २०८१ सञ्चालन गर्न लागेको हो । नेपाली जनजीवनमा “कु” अन्नको उपाधि पाएको कोदोलाई गरिबको भिटामिनको रुपमा मात्रै लिने गरेको यस अन्नलाई अहिले गरिब भन्दा पनि धनिहरुले बढि प्रयोग गर्ने गरेको पाइन्छ। स्थानिय बालिको प्रबर्द्धन गर्न बडिमालिका कोदो दिवसले ठुलो सहयोग पुर्याउने स्थानीयको भनाई छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com