बझाङ– बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ।जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन।
बच्चा जन्मिएको केही समयमै दुबै जनाको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले बताए। घटनाको विषयमा पछि मात्र जानकारी पाएको उनले बताए। यस्तो खबर आएपछि गाउँपालिकाबाट एम्बुलेन्स पठाए पनि आमा र शिशुलाई बचाउन नसकिएको बताइएको छ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com