ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बन्दी जिवनलाइ उत्पादन मुलक बनाउदै बाजुराका कैदीबन्दी, एक महिनामा २० क्विन्टल सरफ उत्पादन


बाजुरा– बाजुरा जिल्ला कारागारले कैदीबन्दीहरुलाई सीपमूलक तालिम दिएपछि कैदीबन्दीहरु व्यवसायमा व्यस्त भएका छन् । जिल्ला कारागार कार्यालय बाजुराको आयोजनामा कैदीबन्दीहरुलाई तालिम दिएपछि व्यवसायिक बनेका हुन् ।

जिल्ला कारागार कार्यालय बाजुराले जेठ १७ गतेदेखि पाचँ दिनसम्म सरफ, हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिएपछि अहिले दैनिक उत्पादनमा कैदीहरु व्यस्त भएका छन् । कारागारमै सीप सिकेर कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु अहिले व्यवसाय फस्टाउँदै गएपछि स्वरोजगार बन्न थालेका छन् ।

कारागार कार्यालय बाजुराले सुरुमा गृह भित्रै सरफ, हार्पिक, फिनेल र साबुन उत्पादन गर्ने मेसीन तथा कच्चा पदार्थ उपलब्ध गराएपछि अहिले ४० जना कैदीबन्दीले दैनिक रोजगार पाएको कारागार कार्यालयले जानकारी दिएको छ । सुरुमा कार्यालयले मेसीन तथा कच्चा पदार्थ उपलब्ध गरेर सरफ लगायतका सामान उत्पादन गर्न लागेका कैदीबन्दीहरु अहिले व्यवसाय फस्टाउदै गएपछि आफै व्यवस्थापन गरिरहेका छन् ।

कारागारका कैदीबन्दीहरुले तालिम सिकेको एक महिनामा करिब २० क्विन्टल सरफ, साबुन, फिनेल तथा हार्पिङ उत्पादन गरेको कारागार प्रमुख जेलर अनिलकुमार तिवारीले बताएका छन् । एक महिनामा उत्पादन गरेको सामान मध्ये ७ क्विन्टल सरफ जिल्लाको त्रिवेणी नगरपालिकाका एक व्यापारीले ५ सय ग्रामको ५० र २ सय ५० ग्रामको २५ रुपैयाँका दरले १७ हजार ५ सय बन्दा बढि मुल्यको सामान खरिद गरेका छन् । कैदीले उत्पादन गरेको केहि सामान बजारीकरण भएपनि उत्पादन अनुसार बजारीकरण हुन नसक्दा करिब ९ क्विन्टल उत्पादित सामान कार्यालयमै रहेको कारागार प्रमुख तिवारीले बताए । अहिले बढी मात्रामा सरफ उत्पादन भएर बजारीकरण भएपनि उत्पादित साबुन, फिनेल र हार्पिङको बजारीकरणका लागि पनि पहल भइरहेको उनले बताए ।

दैनिक एक हजार प्याकेट सामान उत्पादन गर्न सक्ने क्षमताको मेसीन कैदीसँग भएपनि बजारीकरणको समस्याले अहिले दैनिक ५ सय प्याकेट उत्पादन भइरहेको छ । सरफ, फिनेल लगायतका सामान उत्पादन हुने कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने हुँदा केहि समस्या भएकाले आगामी दिनमा स्थानीय कच्चा पदार्थबाट हुने उत्पादनमा जोड दिईने कारागार प्रमुख तिवारीले बताएका छन् । कैदीले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएपनि बिल दिन, कैदीको नाममा उद्योग दर्ता गर्न नमिल्ने भएकाले बजारीकरणका लागि सम्बन्धीत निकायसँग पहल गरिने कारागार प्रमुख जेलर तिवारीले बताएका छन ।

कारागार कार्यालयले अहिले सीपमूलक तालिम सिकाएर त्यस्तै कार्यक्रम सञ्चालन गरेर कैदीबन्दीहरुलार्ई स्वरोजगार बनाउने अभियान थालेपछि कैदीबन्दीहरु बेर्फुसदीला भएका छन् । बाजुरा कारागारले यस अघि पनि विभिन्न कार्यक्रम गर्दै आएपनि अहिले प्रमुख जेलरका रुपमा अनिलकुमार तिवारी आएपछि केहि नयाँ कार्यको थालनी भएको छ । केहि दिन अघि कार्यालय प्रयोजनका लागि गाडी सञ्चालन पछि जीणर् कारागारको भवन निर्माणका लागि पनि पहल भइरहेकाले बाजुरा कारागारलाई सुदूरपश्चिम प्रदशकै नमुना कारागार बनाउने अभियानमा जुटेको प्रमुख जेलर तिवारीले बताएका छन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.