धनगढी: गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशकै पहिलो भएको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा प्रशासन पहिलो भएको हो।
२९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ। डडेल्धुराबाहेक सुदूरपश्चिमको कञ्चनपुर प्रशासन मात्रै उत्कृष्ट १० मा अटाएको छ। कञ्चनपुर आठौं स्थानमा छ।
यस्तै दार्चुला १९, डोटी २७, बझाङ ४२, कैलाली ४७, बाजुरा ५४, अछाम ५८, बैतडी प्रशासन ६३ औं स्थानमा छन्।
कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणालीमा अपडेट भएको विवरणअनुसार मूल्याङ्कन गरिएको हो।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com