ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



दश महिनामा बाजुराबाट ४० करोड ७३लाख बराबरको कृषि जन्य उत्पादन निर्यात्


बसन्त बिश्वकर्मा
२ फागुन
बाजुरा , भोकमरी, खाद्यान्न अभाव, औसधी अभाव, यस्तै समस्याहरुको प्रयावाचीको रुपमा बाजुरा जिल्लालाई चिनिन्छ । दुर्गम भनेर उपमा दिईने जिल्लाहरुका यी साझा समस्याहरु पनि हुन । यीनै दुर्गम जिल्लाहरुमा करिव ९० प्रतिसत जनसंख्या कृषिमा संलग्न रहेको तथ्याकले देखाउ छ , तर उनीहरुलाई ३ महिना पनि कृषी उत्पादनले खान पुग्दैन आह सम्म बाजुरा जिल्लालाई देश भरी चिनाउने विगतका  बिषेसता पनि हुन । आकासे पानिको भरमा खेति गरिने भिरालो जमीन उच्च पहाडी क्षेत्र रहेकाले बाजुरामा धान र गहुँ को उत्पादन अन्य बालीहरुको तुलनामा कम उत्पादन हुन्छ । तर  अन्य बाली उत्पादनका लागि ने प्रचुर सम्भावना  रहेको देखिन्छ । 


कृषिमा राज्यको लगानी,जमिनमा कृषकले मेहनत गर्न थाल्ने हो भने धान गहुँ बाहेका अन्य कृषि उत्पादनहरु जिल्ला बाहिर समेत निर्यात गर्न सकिने देखिएको छ । सराकारी तथा गैर सरकारी क्षेत्रबाट कृषि र कृषकहरुलाई उत्साहित बनाउन थालिए पछि जिल्लाबाट तरकारी, फलफुल, कोदो, दालहरु उत्पादनमा बृद्धि हुनथालेको छ ।
कृषकहरुले विभिन्न कार्यक्रम हरुबाट सिचाई सुविधा, प्रविधिहस्तान्तरण विउ तथा ढुवानीमा अनुदान पाउन थालेपछी उत्पादनमा बृद्धि भएर निर्यात हुन थालेको हो । जसमा बाजुरा जिल्लाबाट २०८०÷८१ को आर्थिक बर्षमा मात्रै ४० करोड भन्दा बढिको कृषि जन्य उत्पादनहरु बाजुरा जिल्ला बाहिर निर्यात भएको तथ्याकं रहेको छ । भोकमरी र समस्याको जिल्लाको रुपमा रहेको बाजुराबाट पनि निर्यात हुन्छ भन्ने यो तथ्याकंकले बाजुरा भोकमरी र समस्याको मात्र जिल्ला नभई कृषि क्षेत्रमा सम्भावनाको जिल्ला पनि हो भन्ने प्रमाणित गरेको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि माघ मसान्तसम्म रु ४० करोड ७३ लाख बराबरको कृषि जन्य वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताएका छन । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफुल निर्यात भएको पाईन्छ । चालु वर्षको १० महिनामा मात्रै ३ करोड बराबरको कोदो, २० लाख बराबारको स्याउ, १६ लाख बराबारका मकै र ३६ लाख बराबरको सिमी जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले बताए ।
जिल्लाका बिभिन्न ठाउँमा उत्पादन भएको २२ हजार कुईन्टल कोदो जिल्ला बाहिर निर्यात भएको छ,जसको मुल्य ३ करोड रुपैया कृषकले पाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । बाजुरामा उत्पादन भएको २ सय कुईन्टल स्याउ निर्यात हुदा कृषकले २० लाख रुपैया आम्दानी गरेका छन ।
बाजुरामा उत्पादन भएको ३६ लाख रुपैयाँ बराबरको २ सय २० कुईन्टल सिमी काठमाण्डौ लगायतका शहरमा पठाएको मिलोमतो सहकारीका सदस्य देब बहादुर रोकायाले बताएका छन । त्यसै गरी बडिमालिका नगरपालिका वडा न ७ ढम्कनेको एकै गाउँबाट बर्सेनि अनुमानित बिउ आलु बिक्रीबाट २ करोड बढिको आम्दानी हुने गरेको ढम्कनेका अगुवा कृषक खडक बहादुर धामीले बताए । धामीले मात्रै यो बर्ष २ लाख बराबरको बन्दा र ५ लाख बराबरका आलु मात्र बिक्री गरेको उनले बताए । ४० कुईनटल सिमि कोरीया सम्म बजारी करण गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकाबाट ५० कुईन्टल प्याज धनगढी पठाएको र जसको मुल्य २ लाख पचास हजार रहेको छ । त्यसै गरी बडिमालिका नगरपालिका ७ को ढम्कनेमा उत्पादन भएको आलु ४ सय कुईन्टल अर्थात १६ लाख बराबारको आलु काठमाण्डौँ, पोखरा, धनगढी र नेपालगन्जमा पठाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । जिल्लामा रहेका कर्मचारीले बिदामा घर जाने बेला लिएको आलु र स्याउको तथ्याकं नररहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । त्यसै गरि १० लाख ५० हजार बराबर अथार्त ३ सय कुईन्टल मकै जिल्ला बाहिर निर्यात गरएिको जनाएको छ ।
पछिल्लो समय प्रदेश सरकार र स्थानिय तहले अनुदानका कार्यक्रम संचालन गरे संगै बाजुराका कृषकहरु कृषिजन्य उत्पादनतर्फ आर्कषीत भएको बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेशराज विकले बताए ।
स्थानिय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । बाजुराबाट सबैभन्दा धेरै अन्नवाली दाल र फलफूल निर्यात भएको तथ्याकं छ ।
स्थानीयवासीले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, कृषि खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी तथा फलफुल र नगदेबाली खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका बाजुराबासीले पछिल्लो समय ब्यबासयीक कृषिखेती तिर आर्कषित हुदै आएका कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.