ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत


नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गर्दा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे।

लिगमा अरू ब्याटरले संघर्ष गरिरहँदा ऐरीले मंगलबार विराटनगर किंग्सविरूद्धको खेलमा २४ बलमा नटआउट ५७ रन जोडे।  दीपेन्द्रले ३ चौका र ५ छक्का प्रहार गरेका थिए।

दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गरेपछि सुदूरपश्चिमले खेलमा ७ विकेटको क्षतिमा १८२ रन जोडेको थियो। यो स्कोर प्रतियोगिताको अहिलेसम्मकै ठूलो हो।

‘सुरूमा विकेट स्लो थियो। त्यहीअनुसार सुरूमा सिंगल-डलब रन लिँदै अघि बढेँ,’ दीपेन्द्रले खेलपछि भने, ‘टोलीको फिनिसरको भूमिकामा रहेको हुनाले अन्तिममा हान्छु भन्ने योजना थियो। पछि ब्याटिङ राम्रो भयो।’

उनले सुदूरपश्चिमको योजना १५० भन्दा बढी रन बनाउने भएको बताउँदै त्यसमा आफ्नो टोली सफल भएको बताए।

१८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमै अलआउट हुँदा सुदूरपश्चिमले ९० रनको जित निकाल्यो। ब्याटिङमा जस्तै बलिङमा पनि सफल हुँदा उनले आफ्ना बलरलाई धन्यवाद दिए।

‘हामीसँग मक्मलेन जस्ता बलर हुँदा फाइदा भएको छ। उनी बलिङमा स्विङ गर्न सक्छन्। यहाँको पिचको कन्डिसन पनि उनलाई फाइदा हुनेछ,’ दीपेन्द्रले भने।

खेलको प्लेयर अफ दि म्याच भएका दीपेन्द्रले पहिलो खेल जित्दा खुसी लागेको बताए।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.