ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



गैरकानुनी रूपमा चुनाव गर्न लागेपछि ओलम्पिक कमिटीमा पुग्यो प्रहरी


८ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटो, ललितपुरमा प्रहरी परिचालन गरिएको छ ।

ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।

खेलकुद मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाउँदै गैरकानुनी रूपमा हुन लागेको चुनाव रोक्न र सुरक्षा प्रदान गर्न भन्दै पत्र पठाएको थियो । गृहमा पुगेको उक्त पत्रपछि प्रहरी परिचालन गरिएको हो ।

गृहको निर्देशनपछि जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी टोली परिचालन गरेको छ । अहिलेसम्म अवस्था सामान्य रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

१३ पुसमा गर्न लागिएको ओलिम्पक कमिटीको चुनावका लागि आज मनोनयन दर्ता गर्न भनिएको थियो



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.