ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



इन्दुको शानदार ब्याटिङमा नेपाल हारबाट जोगियो


१ जेठ, काठमाडौं । कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ ।

वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । कुनै समय ३.५ ओभरमा २३ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कप्तान इन्दुले ७ बलमा अविजित २४ रनको पारी खेलिन् ।

उनले पाँचौं ओभरमा लगातार ३ चौका तथा छैटौं ओभरमा १ चौका र १ छक्का बटुल्दै नेपालको जित पक्का गराइन् । त्यसअघि सम्झना खड्का ५, रुबी पोदार १, कविता जोशी शून्य र पुजा महतो १३ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएपछि वर्षाका कारण खेल रोकिएर पुन: सुरु हुँदा नेपालले ७ ओभरमा ५६ रनको परिमार्जित लक्ष्य पाएको थियो ।

बहराइनले दुवै खेलमा नेपाललाई चुनौती पेश गरेपनि नेपालले जित निकाल्न सफल भयो । अब समूहको अन्तिम खेलमा हङकङ र बहराइन शुक्रबार खेल्ने छन् ।

उक्त खेलमा हङकङ विजयी भएमा वा वर्षाले खेल नभएमा नेट रनरेटका आधारमा हङकङ सुपर ३ मा पुग्दा नेपाल भने बाहिरिनेछ । नेपाल अघि बढ्न बहराइनले हङकङलाई हराउनु पर्नेछ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.