ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



होटल व्यवसाय छोडेर गाउँमा कृषिमा फर्ममा रमाउदै शाही



बसन्त विश्वकर्मा 
माघ २३ बाजुरा 
आफ्नो भविश्य सुखमय बनाउछु, सुविधा सम्पन्न ठाँउमा गएर  नयाँ तरीकाले जिवन निर्वाह गर्छु भन्दै मानिसहरु गाउ देखि सदरमुकाम, सदरमुकाम देखि ठाला शहर तिर जानेहरुको यतिवेला लहर नै चलेको छ । हिमालबाट पहाड , पहाडबाट, तराई बसाई सर्ने क्रम जारी छ । हिमाल पहाडमा बस्ती पातलो हुदैछ तराईमा बस्ती घना बन्दै गएको छ । यो सवै सुविधा र अवसको खोजीका लागी हो । पुर्खाले कामएको जमिन बाँझो बन्दै छ, बेरोजगारी र विपन्नता बढ्दै गएको छ ।
तर केहि सिर्जनसिल अनि आफ्नै गाँउ र माटोमा मेहनत गरेर पनि बाँच्न सकिन्छ, भन्ने दरिलो बिस्वस्का साथ केहि युवाहरु ब्यवसायिक रुपमा कृषी पेसामा जुट्न थालेका पनि देखिन्छन् । उनिहरुको यो उर्जाले धेरैको आत्मवल बढाउन सहयोगी बन्न सक्छ ।
करिब दुई दशक सम्म बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा  होटल व्यवसाय संचालन गरेका अन्तिमजङ्ग शाही अहिले आफ्नै गाँउको पुर्खाको जमिनमा कृषि ब्यवसाय संचालनमा जुटेका छन् ।  ०६४ सालदेखि  जिल्लाका मुख्य केन्द्रमा बजारमा होटल व्यवसाय सञ्चालनमा थियो । उनको ब्यवसायले परिवार पाल्न र जिविको पार्जन गर्न खासै कठिन थिएन । बजारमा नाम चलेका होटेलमा उनको होटेल पनि एक हो । तर परिवार सहित बजारमा होटल ब्यवसायमा संलग्न भएपनि गाँउमा उनका पुर्खाले आर्जेको जमिन करिव १५ बर्ष जति बाझो रहृयो । उता गाँउ पनि बिस्तारै रित्तिदै जनथालेको अनुभुति भएपनि उनि गाँउ फर्केको बताउछन् ।
बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिना अनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् , स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटका ४५ वर्षीय अन्तिमजङ्ग शाही ।
 शाहीले ०७४ सालदेखि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ खोलीकुनामा आफ्नै नमुना कृषि फर्म सञ्चालन गरेका छन् । कृषि फर्म सञ्चालन गर्नुको आम्दानी मात्रै नभई स्थानीय युवाहरुको विदेश जाने मोह घटाउने पनि उनको उद्देश्य हो । उनले भने ‘मिहिनेत गरे आफ्नै गाउँठाउँमा अनेक सम्भावना छन् भन्ने सन्देश दिनका लागि पनि मैले आफ्नै गाउँमा कृषि फर्म स्थापना गरेर काम गरिरहेको छुु,’ उ ‘मिहिनेत गरे हाम्रै माटोमा पैसा फल्छ ।’
खोलीकुनामा उनले फलपुल र पशुपंक्षी पालन फर्म सञ्चालन गरिरहेका छन् । ‘तत्कालै प्रतिफल नदिए पनि भविश्यमा राम्रो आम्दानी दिन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने । करिब २० लाख लगानी गरेर फलफुलका बिरुवा लगाएका छन्  । उनको कुषि फर्ममा स्याउ, ओखर, केरा, कागती, ड्रागन, एवोकाँडो, किभी, ओखर, लिची, अम्बा, आँप, सखरखण्ड, श्रीखण्ड, तरकारी र हाँस, कुखुरा, टर्की पालन गरेका छन । शाहीले जुकोटको लेकाली भेगमा स्याउ र ओखरका बिरुवा रोपेका छन् । एक हजार ५ सय बढी स्याउ र ओखर लगाएको पनि दुई वर्ष पुगिसकेको उनले बताए ।
 फर्म नमुनाको रुपमा विकास हुनथालेपछि अहिले अन्य पालिका र गाँउका किसानहरु अवलोकन गर्न आउनेहरुको संख्या बढेको उनले बताए । यसले आफूलाई हौसला पनि हुने गरेको उनको भनाई छ । ‘सिजनल तरकारी त बिक्रि पनि गर्दै आएका छौं,’ उहाँले भन्नु भयो ‘साढे ३ किलोका काउली फलाएको छुु ।’
व्यावसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्रै होइन, देश नै समृद्ध बनाउन सकिन्छ भन्ने लाग्छ । गाउँकाअरु युवाहरुले पनि व्यवसाय गर्न सिकुन् भन्ने आफ्नो चाहना रहेको उनले बताए । ‘युवाहलाई हातेमालो गरौं, यसमा पनि भविश्य छ, उनले थपे “तत्कालै प्रतिफल दिन नसके पनि भोली आउने दिनमा प्रतिफल दिन्छ, यसमा लाग्नुहोस् भन्ने गरेको छुु,’ ‘अहिलेका युवाहरुमा काम र मिहिनेत गर्ने बानी हराएको छ । गाउँका जग्गाजमीन बाँझै हुन थालेका छन् । यो निकै चिन्ताको विषय हो ।’
सदरमुकाम मार्तडीमा दुई दशकदेखि होटल व्यवसाय गर्दै बजारमा रमाएका अनि अहिले जिल्लाकै दुर्गम पालिकाको रुपमा चिनिने स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ आफ्नै गाँउमा कृषि कार्यमा ब्यस्त छन् । त्यससँगै उहाँ आफ्नै गाउँमा केही गर्ने उद्देश्यले कृषि व्यवसायमा लम्किनुु भएको हो ।
गाउँमै फर्केर कृषि कर्ममा लागेको भएपनि कुनैपनि सरकारी निकायबाट भने सहयोग नपाएको उनकोे गुनासो छ । जैतुन जोनबाट ट्याङ्ककी निमार्णका लागि ३ लाख पाएँ, अहिले पनि ऋण तिर्न बाँकी नै रहेको छ उनले भने । तर पनि आफू विचलित नभई अबका दिनमा आफू फलफुल खेती गरेरै चिनिने उनको अठोट रहेको छ ।
सकारात्क उर्जाका साथ कृषि पेशालाई ब्यवसायीक रुपमा अगाढी बढाउन र आफ्नै गाँउ बस्तीमा रोजगारीको सृजना गर्न कृषिलाई राज्यका तिन तहका सरकाले प्रथमिकतामा राख्नु पर्नु उनको सुझाव रहेको छ । सहुलियत कर्जा , प्रविधीमा अनुदान, ब्यवसायिक तालिम, उपलब्ध गराउन सकिए । धेरै युवाहरु कृषि क्षेत्रमा स्वरोजगार बन्न सक्छन् ,।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.