ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



जिल्ला कमिटी सदस्यकाे गणपुरक संख्या नपुगेपिछ नेकपा एमाले बाजुराको बैठक स्थगित


बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराको १२ औं बैठक बैठक स्थगित गरिएको छ । आठौं जिल्ला अधिवेशन केन्द्रित आज बस्ने भनिएको बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ ।
पार्टीको ८ औं जिल्ला अधिवेशनको तयारीका सन्दर्भमा आज बस्ने भनिएको बैठकमा पार्टीका जिल्ला कमिटीका सदस्य तथा पदाधिकारीहरुको न्युन सहभागि भएपछि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बैठक स्थगित गरिएको बुझिएको छ ।
आज बस्ने भनिएको जिल्ला कमिटीको बैठकले पार्टीको यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशन केन्द्रित तयारी गर्न बैठक बस्न लागेको थियो ।
१ सय १० बढी सदस्य रहेको जिल्ला कमिटीमा आजको बैठकमा ५० जना मात्रै सदस्यहरु सहभागि भएकोले बैठक स्थिगित गरिएको एक नेताले बताएका छन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.