ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



जनगुनासो सुन्न र समाधान गर्न बुढिगंगामा जनतासंग नगरप्रमुख कार्यक्रम सञ्चालन


बाजुरा– बाजुराको बढिगंगा नगरपालिकाले जनताका गुनासा सुन्न जतनासंग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । जनताका घरदैलोमा पुगेर समस्या तथा गुनासा सुन्ने र समस्याको समाधान गर्ने उदेश्य सहित सो कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

जनतासंग नगरप्रमुख नगरपालिकाको १० वटै वडाहरुमा सुरु गरिने वडा नंः६ का अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीले जानकारी दिएका छन् । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको करिब दुई बर्ष बित्नै लाग्दा जनताका समस्या, गुनासा तथा सुझाव सल्लाह र समस्याको समाधान गर्नका लागि सो कार्यक्रम सुरु गरिएको नगरप्रमुख राम बहादुर बानिँयाले बताएका छन् ।

सोहि कार्यक्रम अन्तर्गत बिहिवार बुढिगंगा १ धुरालसैनमा सम्पन्न भएको नगर प्रवक्ता जैशीले बताए । वडा कार्यालयमा वडा तथा नगरपालिकाका जनप्रतिनिधि कर्मचारी, सरोकारवाला, कार्यपालिका सदस्य र दर्जनौबढि सर्वसाधारणको सहभागितामा कार्यक्रम सम्पन्न भएको नगर उप्रमुख माया कुवँरले बताइन् ।

सो कार्यक्रममा सहभागिले आफ्ना गुनासा, समस्या तथा महत्वपूणर् सुझाव राखेकाले जनताका समस्या समाधान गर्न नगरपालिका तत्पर रहेको उपप्रमुख कुवँरको भनाई छ ।

जनतासंग नगरप्रमुख कार्यक्रममा आएका सुभलाव सल्लाह, गुनासा तथा समस्याको समधानको लागि नगरपालिकाले कार्यशैली परिवर्तन गर्दै बुढिगंगाको विकास र समृद्धीका लागि सबैले एकजुट भएर हात्तेमालो गर्नुपर्ने सहभागिहरुले सुझाव राखेका थिए ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सरोकारवाला, व्यवसायी, जनप्रतिनिधि तथा सर्वसाधारण स्थानीयहरुको सहभागिता रहेको थियो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.