३० माघ, काठमाडौं । सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गर्दा गर्दै कारागारबाट फरार भएका दीपकबहादुर सिंह १२ वर्षपछि पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने सिंह २२ साउन २०६९ मा कैलाली कारागारबाट फरार भएका थिए । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल–भारत सीमा गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको २७ मंसिर २०६७ मा सर्वस्वसहित जन्मकैदको सजाय फैसला सुनाएको थियो । २४ फागुन २०६४ मा भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको मुद्दामा अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
अदालतको फैसला आउँदा उनी ११ असार २०६६ देखि थुनामै थिए । उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए । सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरू पनि छन् ।
उनीविरुद्ध २ असोज २०६२ मा गोदावरी–६ कै मानबहादुर सुनारको हत्या, १० असार २०६५ मा अपहरण, १० असार २०६६ मा हातहतियार खरखजनालगायत मुद्दा छन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com