ताजा अपडेट

ट्रेन्डिङ

होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद

खडेरीका कारण रोपाई प्रभावित,रोपेकाे धानकाे बीउ समेत सुक्दै

बसन्त बिश्वकर्मा

बाजुरामा लामो समयसम्मको खडेरीले  किशानहरुलाई रोपाइँ गर्न मुस्किल भएको छ ।रोपाई गरेका कतिपय ठाउँमा रोपको धन समेत खडेरीले सुक्दै गएको छ । जिल्लाका ९ वटै पालिकाका जेठ महिनाबाटै सुरु हुने रोपाई असारको महिना लागीसक्दा पनि खासै रोपाई हुन सकेको छैन् । लामो समयसम्मको खडेरीले जिल्लामा पानी नपरे पछि रोपाई गर्नमा असहता भएको हो । बाजुराको बडिमालिका,बुढीनन्दा, स्वार्मिकार्तिक,गौमुल लगायतका अन्य पालिकाहरुमा यतिबेला धान रोपाइँको चटारो छ ।तर रोपाईको चटारो भएपनि खडेरीले गर्दा खोलामा पनि पानी नहुँदा समस्या भईरहेको स्थानियहरुले बताएका छन् । लामो समयसम्म खासै वर्षा नहुँदा खडेरीले खोलानालाको पानी पनि सुक्दै गएको छ ।

असारको महिना लागीसक्दा पनि पानी नपर्दा स्थानियहरु चिन्तित बनेका छन् । जिल्ला बाजुरामा अहिले निकै रोपाईको चटारो हुने समय भए पनि खडेरीले गर्दा रोपाई लगायत कोदो सार्ने काम समेत प्रभावित बनेको छ । विगतका वर्षमा मध्य असारमा रोपाइँको काम अन्तिम चरणमा पुग्ने गरेको थियो तर अहिले मध्य असारमा सुरुवात हुने अबस्था देखिएको स्थानियको गुनासो रहेको छ । लामो खडेरीले समयमै धानको बिउ नउम्रदा तथा रोप्न नपाउँदा यस बर्षको धान उत्पादनमा समस्या हुने किसानले बताएका छन् । खडेरीको समस्या र सिँचाइ अभावका कारण रोपाइँको काम गर्न नसकेको किशानहरुको भनाई रहेको छ ।

खडेरीले चौपट पा¥यो, पोहोरतिर यतिबेला रोपाइँको काम आधाभन्दा बढी सकिन्थ्यो, यो पटक खासै मात्रामा शुरु नै भएको छैन् ”,किशानहरुले बताएका छन् । झनझन हिउँद जस्तो घाम चर्केर खेतबारी सुक्यो, अब त पानी परे पनि रोप्ने बीउ छैन, सुकेर कामै नलाग्ने भयो ।सिँचाइको उपयुक्त व्यवस्था भएको ठाउँ र केही अन्य खोला किनार नजिकका खेतमा मात्रै रोपाइँको काम भएको बाजुराका किशानहरुले बताएका छ । लामो समयसम्मको खडेरीका कारण बारीमा लगाएको धानको बीउ सुकेर नष्ट भएको अब खेतमा के रोप्ने चिन्ताले सताएको किशानहरुले बताएका छन् ।

बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ । तर यो बर्ष लामा समयसम्म खडेरीका कारण रोपाई हुन सकेको छैन् । यस वर्ष जिल्लामा मनसुन अझै सक्रिय भएको छैन् भने अझै मनसुन भित्रिन एक दुई साता लाग्ने अनुमान गरीएको छ । जसका कारण रोपाई गर्नमा समस्या भएको छ । जिल्लाका सिंचित क्षेत्रमा कतिपय रोपाई भए पनि आकाशे पानीको भरमा पर्ने ठाउँमा भने रोपाई प्रभावित बनेको छ । लामो समयसम्म दडेरीका कारण जिल्लाका ९ वटै पालिकामा खासै रोपाई सुरुवात नभएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको छ । रोपाई हुने खेत ५२०० हेक्टर मा लामो खडेरीले समस्या पारीदिएको ज्ञान केन्द्रले जनाएको छ । जेठको पहिलो साताबाटै जिल्लाका कतिपय ठाउँमा रोपाई सुरु हुने गर्थो तर यो बर्ष असारको महिना लागीसक्दा पनि खासै रोपाई नभएको बृसिष ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पर्याप्त आकाशे पानी नपर्दासम्म रोपाइँ गर्न नसकिने बाजुराका किशानहरुले बताएका छन् । अहिलेसम्म वर्षा नहुँदा खडेरीले बनपाखा, खेतबारी जलिसके पानीका मुहान सुकिसके,’ अनि रोपाई कसरी गर्ने किशानहरुले बताए । खेतबारी सुक्खा भएपछि बाजुराका किशानहरु असार लाग्दा समेत अन्नबाली लगाउन नपाउँदा निरास बनेका छन् । गाउँमा पिउने पानी समेतको अभाव छ अनि रोपाई गर्ने कुरा परै नाओस बारी सुकेर जोत्न नसकिने भएको छ । बर्षा नहुँदासम्म बालीनाली लगाउन सकिने स्थिति छैन ।पिउने पानीको लागि रातभर जाग्रम बस्नु पर्ने अवस्था आएको किशानहरुले बताएका छन् । कतिपय सिँचाई तथा खोला नजिकैका खेतबारीहरुमा रोपाई सुरु भएको भए पनि जिल्लाका अन्य सिचाई नभएका तथा आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने ठाउँमा भने समस्या भएको छ ।

सुदुरपश्चिम प्रदेशको उच्च पहाडि जिल्ला बाजुराका कृषकलाई यतिबेला रोपाईको चटारो हुने हुन्थ्यो तर अहिले खडेरीले त्यो हुन दिएको छैन् भने अनुसारको  रोपाई गर्न सकिएको छैन् । जेठ र असार महिनालाई मानो रोपेर मुरी उव्जाउने महिनाका रुपमा लिएर जिल्लाको मार्तडी, जुगाडा, रजाली, आटिचौर, ब्रह्मतोला, कैलाशमाण्डौ,बुढीनन्दा,वाई,लगायष्तका लगायतका दर्जनौ ठाउँका किसानहरु यतिखेर धान रोप्न तरखरमा हुन्थ्यो  तर  खडेरीले रोपाई प्रभावित बनाइदिए पछि अहिले यहाँका किशानहरु चिन्तिर बनेका छन् । असारको महिना लागीसक्दा पनि पानी नपर्दा र सिँचाई सुविधा नभएपछि कृषकहरुलाई धान रोप्न समस्या भएको छ ।खडेरीले रोपाई गर्न निकै असहज भएको किशानहरुको भनाई रहेको छ । अन्य जिल्लाहरुमा सिचाई संगै पानी पर्दा किहानहरु रोपाई गर्नमा ब्यस्त छन् तर जिल्ला बाजुरामा भने खडेरीले सताएको उनीहरुले बताएका छन् ।

जिल्लामा सिँचाईको सुविधा पर्याप्त मात्रामा नभएपछि जिल्लाको कुल धान खेती हुने सात हजार दुई सय ३० हेक्टर खेती प्रभावित बनेको छ । बाजुरामा कृषकहरुले करिब ५० प्रतिशत स्थानीय जातको धान खेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नत जातको धान खेती गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, मलको अभावले समयमै बिउ उत्पादन हुन नसकी रोपाई प्रभावित बन्दै गएको जनाएको छ । सधै गरिवीकोको चपेटामा रहेको बाजुरामा वर्षेनी साढे ११ हजार मेट्रीक टन खाद्यन्न अपुग हुँदै आएको छ । यसरी गरीबि रुपमा पछाडी परेको जिल्ला बाजुरालाई खडेरीले झनै सताएको छ। लामो समयसम्म पानी नपर्दा किशाहरु हैरान भएका छन् भने जिल्लामा यतिबेला रोपाईको चटारो हुने बेला रोपाई समेत प्रभावित बनेको छ ।

लामो समयसम्मको खडेरीका कारण बनजंगल आगलागी हुने घटना पनि बढ्दै गएका छन् भने किशानहरुले खेतबारी लगाएको तरकारीसमेत खडेरीले खाएको छ । पानी नपरेको कारण सिंचाइ सुविधा भएको खेतमा मात्र रोपाइँ सुुरु भएको स्थानीयको भनाइ रहेको छ । कतिपय आकासेपानीमा निर्भर यहाँको खेतीमा यो पल्टको लामो खडेरीको असर परेको छ । अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका छन्। समयमै पानी परेको भए जेठ महिना बाटै रोपाई सुरुवात हुन्थ्यो तर यो बर्ष असारको महिना लागीसक्दा पनि पानी नर्पदा रोपाई प्रभावित बनेको किशानहरुले बताएका छन् । पानी परेको खण्डमा रोपाईमा सहज हुने किशानको भनाई रहेको छ ।

सम्बन्धित खबर

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com

© सुदुर कचहरी, All Right Reserved.