ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



कृषिमा राज्यको लगानी बढ्दै,३६ वटा बगैंचामा ३३ हजार फलफूलका बोट राेपिए


बसन्त बिश्वकर्मा 
बाजुरा चैत्र २६ 
बाजुराका किसानले बारिमा उत्पादन गरेको कृषि जन्य उत्पादनहरु केहि बर्ष पहिले सम्म आफु र आफ्नो परिवालाई खानलाई मात्र उत्पादन गर्ने चलन थियो ।
राज्यका तिन तहको लगानी कृषि क्षेत्रमा बढ्दै जन थालेपछि र लगानी बास्तविक किसानहरुमा पुग्न थाले पछि ब्यवसायिक खेतिपाति तर्फ कृषकहरु उन्मुख हुन थालेका छन् । सिचाइ, बजार को अभावका कारण कृषि पेशाबाट अन्य पोशा र रोजगारिका अन्य बिकल्पहरुको खोजिमा लागेका किसानहरु अहिले पुनः माटो मै पसिना बागाएर उत्पादन गर्न लागेका छन् ।


बाजुरा जिल्लाका ९ वटा स्थानीय तहमा कृषि ज्ञानकेन्द्र र पालिकाको सहकार्यमा ब्यक्तीगत र सामुहिक रुपमा बृहत क्षेत्रमा फलपूल खेतिको अभ्यासको थालनी गरिएको छ । कृषक समुहहरुले केहि प्रतिसत श्रमदान र केहि प्रतिशत अनुदनमा बाँझो जमिनमा फलपुल खेती शुरु गरेका छन् । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा तरकारी खेति, खोखर खेति र आलु खेति, खप्तड छेडेदहमा ओखर खेति, र लसुन खेती त्रिवेणी नगरपालिकाको बेसार र अदुवा खेति, बुढिनन्दा नगरमालिका र स््वमीकार्तिक खापर गाँउपालिकामा स्याउ खेतिलाई प्रथमिकता दिईएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैसी बताए ।
किसानको मनोवल उच्च राख्न र आन्तरिक रुपमा कृषहरु विचमा उत्पादनमा प्रतिसप्रधा गराउन बाजुरा जिल्लाका स्तनीय तहहरुले पालिका स्तर तथा जिल्ला स्तरमा कृषि उत्पादन संग सम्बन्धीत प्रर्दशनी र उत्कृष्ठ किसानहरुलाई सम्मान समेत गर्न थालिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
गत फगुन महिनामा कृषी ज्ञानकेन्द्र बाजुराले अन्तरपालिका स्तरिय रैथानेवाली संरक्षणमा अन्तर पालिका स्तरीय प्रतिशप्रधात्मक प्रर्दसनी आयोजना गरेको थियो ।
३६ वटा बगैंचामा ३३ हजार विरूवा रोपिए
कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस वर्ष जिल्लामा ३३ हजार बढि हिउदे फलफूलका विरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा ३३ हजार २ सय ९५ विरुवा रोपिएको हो । ३६ वटा हिउदे फलफुलका  बगैचा  स्थापना गर्ने उदेश्यले विभिन्न प्रजातीका ३३ हजार बढि हिउदे फलफुलका विरुवा रोपिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख मीन प्रसाद जोशीले जानकारी दिनुभएको छ ।

३ सय ५० वोटको एउटा किमी बगंैचा, २० हजार १ सय ४५ वोटका २३ वटा ओखर बगंैचा, १२ हजार ५ सय ५० वोटका ११ वटा स्याउ बगैंचा र ६ सय वोटको एउटा आरु बखडाको बगंैचा स्थापनाका लागि २९ वटा कृषि समुह, फर्म, सहकारी संस्थाले ज्ञान केन्द्रको अनुदान सहयोग पाएर विरुवा रोपेका उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ३६ वटा  बगैचा स्थापना गर्ने उदेश्यले हिउदे फलफुलका विरुवा रोप्ने कार्य सम्पन्न भएको छ । उपयुक्त हावापानी र प्राविधिक ज्ञान अनुसार कृर्षकले विरुवा रोप्ने कार्य सम्पन्न गरेका छन ।
जिल्लाका विभिन्न ठाउँमा कुन विरुवा फल्छ भन्ने प्राविधिक अध्ययन अनुसार विरुवा रोपिएको छ । हावापानी र मौषम अनुसारको विरुवा रोप्ने कार्य सम्पन्न भएको स्वामीकार्तिक कृषि तथा पशु पंक्षि फर्मका सञ्चालक कपुर शाहीले बताउनुभयो । उहाँले पाचँ वर्ष पहिले आठ सय दातेँ ओखरका विरुवा रोपिएको र यस वर्ष थप ८ सय ५० गरी १ हजार ६ सय ५० वोट रोपिएको बताउनुभयो । त्यस्तै कृषि ज्ञान केन्द्रको कुण्डाद्धारा हराभरा कार्यक्रम अन्र्तगत पाचँ सय वोट ओखरका विरुवा रोप्ने कार्य सम्पन्न भएको कालिका वहुउदेशीय कृषि तथा पशु पंक्षि फर्मका सञ्चालक प्रभु कैलाले बताउनुभयो । उहाँले प्राविधिक मापदण्ड अनुसार खाडल र मलको ब्यवस्थापन गरी पाचँ सय विरुवा मध्य तीन सय दातेँ ओखर र दुई सय बिजु ओखर रोप्ने कार्य सम्पन्न भएको बताउनुभयो । बाजुरालाई तरकारी र फलफुलबाट समृद्ध बनाउनका लागि कृषि ज्ञान केन्द्र बाजुराले वर्षेनि विरुवा रोपण अभियान सञ्चालन गर्ने गरेको छ । कृषकलाई अनुदान सहयोग दिएर वर्षेनि ३० हजार वढिका विरुवा रोप्ने गरीएको छ । विगत केहि वर्ष देखि निरन्तर रुपमा कृषि ज्ञान केन्द्रलेले फलफूल रोपांै, कृषक पेन्सन कार्यक्रममा सहभागी बनांै भन्ने अभियान सञ्चालन गर्ने गरेको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।

सो अभियान मार्फत विरुवा रोप्ने कार्य सञ्चालन हुदै आएको छ । यस वर्ष मात्रै थप ३३ हजार वढि फलफूलका विरुवा रोपिएर २ सय हेक्टर क्षेत्रफल थपिएको कार्यालय प्रमुख जोशीले बताउनुभयो । यसबाट जिल्लामा सामान्य स्तरको उत्पादन भएमा पनि ५ वर्ष पछि १० करोड वरावरको फलफूल उत्पादन हुने अनुमान गरीएको छ । जिल्लामा पछिल्लो समय च्याउ देखि स्याउ सम्म, आलु देखि सुन्तला सम्म, चौरी देखि मौरी सम्मका ब्यवसायीकरुपमा फलफूल खेतिको क्षेत्र विस्तार भईरहेको कार्यालय प्रमुख जोशीले बताउनुभयो । बाजुरालाई जहिले पनि गरिवी, रोक, भोक र अभावको जिल्ला भनेर चिनीने गरेको भए पनि पछिल्लो समय कृषि ज्ञान केन्द्रको योगदान र कृषको लगावले कृषिको अवसर र सम्भावनाको रुपमा चिनाउन थालिएको उहाँले बताउनुभयो ।

बाजुराले सधंै आयात मात्रै होईन निर्यात गर्न पनि सिक्नु पर्छ भन्ने धेयले बाजुरालाई स्थानिय उत्पादनमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्रले फलफूल र तरकारीमा लगानि गर्ने गरेको कार्यालय प्रमु्ख जोशीले बताउनुभयो । बाजुराको हावापानी सुहाउँदो बालिको विकास गर्न यो वर्ष मात्र जिल्लाको करिब दुई सय हेक्टर बांझो जमिनमा ३३ हजार हिउँदे विरुवा रोपेका छौं, विरुवाको संरक्षण सम्वर्धन गर्नसके बाजुराका प्रति परिवारले चार पाँच लाख  रुपैंया घरमै वसी बसी कमाउन सक्छन ।

यसले बाजुरा कृषिमा परनिर्भरता हट्ने छ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीको दावी छ । बाजुरामा रोपिएका सबै विरुवा हुकार्उनसके जिल्लामा पाँच वर्षपछि  दश करोड रुपैंया बारवरको फलफुल निर्यात गर्न सकिने छ । फलफुल खेतीलाइ ब्यबसायिकता बनाउनका लागि बामे सर्न थालेको ग्रामिण सडक गाउँ गाउँमा पुगेपछि कृषकले फलफुल नगदे वाली र अन्न बेचेर मनग्य आम्दानी बटुल्नसक्ने कृषिजानकारको भनाई छ । बाजुरालाई जहिले पनि गरिवी र अभावको जिल्ला भनेर चिनिने गरेको भएपनि पछिल्ला समयमा कृषि ज्ञान केनद्रको पहलकदमीमा कृषकहरुको ब्यबसायिक खेतीमा आर्कषण बढ्न थालेको छ ।
कृषि र अवसर र सम्भावनाको जिल्लामा रुपासन्तरित हुदै गएको कृषि जानकारहरु बताउँछन । राज्यले पनि गिज्याईरहेको बाजुरालाई पछिल्लो समय स्थानिय उत्पादनले चिनाउने गरेको उहाँले बताउनुभयो । यस वर्ष मात्रै बाजुराले २ करोड बढिको कोदो, स्याउ, आलु, सिमि, मकै, भटमास, विभिन्न तरकारी र रैथाले बालि जिल्ला वाहिर निर्यात गर्न सफल भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 
१ सय १५ परिवारले सात स्याउका बोट रोपे
बुढीनन्दा नगरपालिका–९, अँगाउपानीमा ११५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सयभन्दा बोट स्याउ रोपेर सामुदायिक बृहत् स्याउ बगैँचा स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तर्गत बुढीनन्दा नगरपालिकाले करिब २५ हेक्टरको एउटै क्लस्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरेको हो ।  
सोही स्थानमा आगामी वर्ष थप सात हजार सात सय बोट थप गरेर १५ हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताउनुभयो । 
सोही बृहत् स्याउ बगैँचाबाट अबको पाँच÷छ वर्षपछि एक बोटबाट ३० किलोग्राम मात्रै स्याउ फलेमा पनि चार हजार पाँच सय क्विन्टल स्याउ उत्पादन भएर किलोको एक सय रुपियाँका दरले बिक्री गर्न सकेमा करिब चार करोड ५० लाख रकम ११५ कृषक परिवारको हातमा पर्ने कृषि ज्ञान केन्द्र बाजुराको अनुमान छ । अँगाउपानी मार्तडी–कोल्टी सडकको आसपासको क्षेत्र भएकाले कृषि पर्यटनमार्फत निकै नै लाभ लिन सकिने कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम कार्यान्वयन गरेर कृषकलाई आत्मनिर्भर बनाउन लागिएको वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो । 
बडिमालिकाका ४० कृषक सम्मानित


परम्परागत रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले बडीमालिका नगरपालिकाले बृहत कृषी तथा खाद्य मेला प्रदर्शनी कार्यक्रम सम्पन गरेको छ । कृषकहरुले लगाइएको कृषि तथा खाद्य मेलाको प्रदर्शनी गर्दै सम्पन गरेको हो । कृषी तथा खाद्य मेला प्रदर्शनी कार्यक्रममा ४० जना कृषकहरु सम्मानित भएका छन् । बडीमालिका नगरपालिका कृषी शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुरा, गिप्ट नेपाल,आईएनएफ र डब्लुएपिको सहजीकरणमा सम्पन्न कृषि तथा खाद्य मेला प्रदर्शनीमा उत्कृष्ट भएका कृषकहरुलाई आज एक समारोहबीच सम्मान प्रदान गरिएको हो ।
कृषि मेला प्रदर्शनी तथा खाद्य बाली प्रदर्शन कार्यक्रममा काउली वर्ग, लहरेबाली, जरेबाली, फलफुल प्रजाति, उखु खेती र विविध शीर्षकमा गरी ४० जना उत्कृष्ट कृषकहरुलाई छनोट गरेर सम्मान गरिएको बडीमालिका कृषी शाखाका प्राविधिक रमेश विकले बताउनु भयो ।


कृषि मेलामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय भएका कृषकहरुलाई कृषी साम्रागी सहित प्रमाणपत्रले सम्मान गरिएको हो । कृषि मेला प्रदर्शनीमा सहभागी भई सम्मानित कृषकहरुले मूल्याङ्कनसहित आफूहरुलाई पुरस्कृत गरेकोमा धन्यवाद दिएका छन् ।
बृहत कृषी तथा खाद्य मेला प्रर्दशनी कार्यक्रममा बडीमालिका नगरपालिकाका ९ वटै वडाले कृषिमा आधारित देउडा प्रतियोगिता समेत गरेको थियो । जसमा बडीमालिका १ नम्मर वडा प्रथम ,५ नम्मर वडा दृतिय र ८ नम्मर वडाले तृतिय स्थान ल्याएको थियो । तिन वटै वडाका प्रतियोगिहरुलाई ३० हजार रुपैयाँ प्रदान गरिएको हो ।
आधुनिक खाने प्रदर्शनी मेलामा बडिमालिका नगरपालिकाका ४० जना बढी किसानले स्थानिय रैथालेबालिका प्रदर्शनी गरेको थिए । सहभागि सबै किसानलाई नगरपालिकाले पुरस्कृत गरेको थियो । परम्परागत रैथाने बालीहरु, निचो कागुनो, जनालो, फापर, कोदो, मार्से लगाएतका खडेरी समहन गर्ने क्षमता भएका उत्पादनहरुको प्रचार प्रसार गरीएको थियो भने आधुनिक कृषी औजार र उपकरण समेत प्रदशनीमा राखीएको थियो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.