ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



मार्तडीका सडक पेटीमा कृषि उपज बच्दै किसान ,उपज केन्द्र प्रयोगमा आँउन सकेन


बासन्त बिश्वकर्मा 

असाेज १३ बाजुरा–  बुढिन्दा नगरपािलका १० अगाउपानि  कि कला सार्कि सदरमुकाम मर्तडीकाे लाेकतमन्त्रीक चाेककाे सडकाे पेटिमा  दिनभरी बसेर स्याउ  बेचिरहेकी  थिइन् । उनि सँगै अन्य १० -१२ जना मिहलाहरू पनि सँगै स्याउ  किन्ने ग्राहकाे पर्खाइमा देखिन्छन् ।

ग्राहकाे राेजाइमा जसकाे स्याउ पर्छ, उसकाे स्याउ बेच्ने गरिन्छ । उनिहरुकाे समुहमा एउटामात्र स्याउ जाेख्ने काटाे छ । प्रतिकाेलाे  रु १५० मा स्याउ बेच्ने जाेहाे गर्छन् ।  बर्षातका कारण मार्तडी काेल्टी सडक बन्द भएपछि अगाउपानी बाट मार्तडी सम्म करिव २५  किलाे मिटर पैदल यात्रामा स्याउकाे भारी बाेकेर सरमुकाम मार्तडी पुगेपनी बजारमा कृषि उपज बेच्ने  निश्चित ठाँउ नह्ँदा असहज हुनेगरेकाे सार्कीले बताइन ।

बजारका फलफूल पसलाइ बेच्दा सस्ताे  दिनु पर्ने बाध्यता हुन्छ । आफै बेच्न खाेज्दा ब्यवस्थीत ठाँउ भएकाे अर्का  किसान काल्चे राेकायाले बताए । 

सदरमुकाम मार्तडी बनेकाे कृषी उपज केन्द्र प्रयोगमा नआएका कारण कृषकहरु सडक पेटीमा स्याउ लगायतका फलफुल तथा तरकारी बेच्दै आएका छन । सदरमुकाम मार्तडीमा बनेको कृषि उपज केन्द्र संचालनमा नआउदा सो समस्या भएको हो । २०८१ साउनमै कृषि उपज केन्द्रका लागि संरचनाहरु बनेर संचालनमा ल्याने भनिए पनि सञ्चालनमा ढिलाई भएको पाईएको छ ।

No description available.
जिल्ला सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिका र सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयको करोडौंको लागनीमा संरचना बनेको भए पनि संचालनमा नआउदा कृषकले उत्पादन गरेका फलफुल तथा तरकारी बजारका पेटीमा राखेर बिक्री गर्नुपरेको कृषकहरु बताउछन । संरचना बनेपनि सञ्चालन नहुँदा यतिबेला स्याउ किसानहरुले सडक पेटीमा बसेर स्याउ बेच्दै आएका देखिन्छन ।

No description available.
जिल्लाको पुर्वीउत्तरी भेगका पालिकामा उत्पादन भएका स्याउले यतिखेर सदरमुकाम मार्तडी भरिभराउ छ । मार्तडी बजारका सबै सडक पेटी तथा गल्लीमा स्याउका कट्टा राखेर कृषकहरु बिक्री गर्दै आएका छन् । एकातिर मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा बोकेर मार्तडी पुगाउनुपर्ने र अर्कोतिर बिक्री गर्ने ठाउँ व्यवस्थित नहुँदा समसया भएको स्याउ कृषकहरुले गुनासो गरेका छन् । मार्तडीको सडक पेटीमा बसेर स्याउ बिक्री गर्ने कृषकलाई खानेपानी तथा शौचालयको व्यवस्था छैन् । मूल्यमा समेत एकरुपता हुन नसकेको उनीहरुले बताएका छन् ।

No description available.
समयमै कृषि उपज केन्द्र सञ्चालनमा आए जिल्लाका किसानहरुको बारीमा उत्पादन हुने कृषि उपज भण्डार तथा बिक्री वितरणमा ठुलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाले केहि महिना अगाडीे सामग्री खरिद तथा जडान गरेर यस बर्षको दशै अगाडि नै सञ्चालनमा ल्याएर कृषकहरुले उत्पादन गरेका वस्तुहरुलाई संकलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको बताए पनि अहिलेसम्म अलपत्र अवस्थामा छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.