ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



मनसुन लम्वीयपछि चैतेधान भित्र्याउन समस्या, तनावमा किसान


बसन्त विश्वकर्मा 
बाजुरा असोज ११ ÷ बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नं ९ रतुडाका लाल चदाराको करिब १ रोपनी पाखो जमिनको चैते धान बाली भित्र्याउन अबेर भइसकेको छ । मौसम राम्रो भएको भए असोज पहिलो हप्ता सम्म धान बाली भित्र्याइ सक्ने उनको योजना थियो । केहि दिन यता उनको एक नजर आकाशमा हुन्छ भने अर्को मोबाइलमा देखाउने मौसमी सूचनामा केन्द्रित हुन्छ ।

उनले छरेको धान पाकेर काट्नलाई ढिला भइसकेको अवस्थामा छ ।  बर्षाले गर्दा केहि धान जमिन झर्न थाली सके भने केहि चारा मुसाले खाएर सक्न थलीसके पानी पर्ने मौसमी सूचनाले उनको धान काट्ने समय पछाडि सर्दै गएपछि उनको चिन्ता थपिएको छ । 
उनले भने्, ‘मौसमले साथ दिएको भए केही दिन अगाडि नै धान काटिसक्थे । तर पानी अझै केही परिरहने हो भने खेतको धान खेतमै रहने त होइन भन्ने चिन्ता लागिरहन्छ । यो भयो भने मेरो बर्बाद हुन्छ ।’
यस्तै पीडामा छिन्, स्थानीय बडिमालिका ८ कि कला ऐडी । उनले २  रोपनी जति जमिनमा चैते धान काटेर जमिनमै थुपारेकी छिन् । बुधबार आकाश खूल्ला देखेर धानकाटेर बारीमा सुकाउन राखीन, बिहिबार धान भित्र्याउन योजना बुधावार दिउसो ४ बजेको मौसम बदलीले अधुरो बनायो । उनले हतार हतार भिजेको पराल र धान पालले छोपेर थुपारेको बताइन् ।

बाजुरा जिल्लाका किसानल् करिव ३० प्रतिशत पाखो जमिनमा चैते धान छर्ने गरेको कृषिज्ञन केन्द्र बाजुराले जनाएको छ । यहाँ का चैते धान लगाउने अधिकांस किसानहरुले भदौँ अन्तीम सता देखि असोज पहिलो  साता सम्म चैते धान भित्र्याउन गर्दछन् ।
लाल चदारा र कला ऐडी प्रतिनिधि किसान मात्रै हुन् । पछिल्लो पटक मनसुन सक्रिय भई वर्षा लम्बिएपछि सुदूरपश्चिम प्रदेशसहितका किसानहरूलाई चिन्तित बनाएको छ ।

मनसुन सक्रिय भएपछि पाकेको धान भित्र्याउनमा किसानहरूलाई कठिनाइ भएको हो । 
जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको हवाला दिएर बंगालको खाडीबाट प्रभाव हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको बताउँदै मन्त्रालयले सचेत रहन प्रदेशवासीलाई आग्रह गरेको छ ।

कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्न आग्रह गरिएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरूमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यता जिल्ला प्रशासन कार्यालय बाजुराले पनि मौसमबारे जानकारी गराएको छ । जिल्ला स्थनीय तह र जिल्ला प्रहरी कार्यालय बाजुराले समेत सर्तकता अपनाउन स्थाीलाई आग्रह गरेको छ । 
मौसमी सूचना किसानलाई प्रभावकारी
पछिल्लो समय किसानहरू मौसमी सूचनाको आधारमा बाली रोप्नेदेखि भित्र्याउने कार्य गर्दै आएका छन् । दुई वर्ष अगाडि विना मौसमी सूचना धान बाली काटेको र पछि ठुलो नोक्सानी बेहोरेको किसानहरू बताउँछन् । तर बाजुरा जस्ता दुर्गम जिल्लाका स्थानीय अधिकांस किसानहरुले मौसमी  सुचानाको उपयोग  गर्न सकेको पाईदैन । 


सुचाना र प्रविधीको पहुँचको अभाव र ज्ञान सिपको अभावका कारण दुर्गम क्षेत्रका किसान मौसमी सुचानाको पहुँच भन्दा बाहिर रहेका कारण उनिहरुलेक्षति बेहोनु परेको छ ।
यद्यपी सुचाना र प्रविधीको पहुँचमा रहेका साक्षर किसानले भने यथार्थ मौसमी सूचनाको आधारमा मात्रै खेतीपातीको कार्य गर्नुपर्ने र आफूले मौसमी सूचनालाई अनुसरण गर्दै आएको बताउँछन् ।
मोबाइलमा हुने मौसम सम्बन्धी एपका साथै जल तथा मौसम विज्ञान विभागले दिने मौसमी बुलेटिन किसानका लागि प्रभावकारी बनेको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.