ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



नेप्से सूचक २२ सय अंकमा उक्लियो, एकैदिन ७ अर्बभन्दा बढीको कारोबार


काठमाडौँ । केही दिन यताको लगातार वृद्धिसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से  सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो । 

बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बिहीबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ । 

१३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक २.४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ । 

यता माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक भने बिहीबार क्रमशः ०.५३ प्रतिशतले र ०.३९ प्रतिशतले घट्न पुगेका छन् । बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । 

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.