बसन्त विश्वकर्मा
बाजुरा २० पुस
गौमुल गाउँपालिकाको केन्द्र घटमुना बजारमा तरकारी संकलन तथा विक्रि केन्द्रको स्थापना गरिएपछि पालिकाका किसान उत्साहित भएका छन् ।
दुर्गम गाँउबस्तीमा आफुले उत्पादन गरेको तरकारी कृषि जन्य उत्पादन बजर सम्म पु¥याउन नसकेका किसानहरु पालिका मै संकलन केन्द्र स्थापना भएपछि उत्समित भएका हुन् ।
गत आसोज महिना सम्म आफ्नो बारीमा बर्षे तरकारी बाजारसम्म पु¥याउन निकै समस्या भोगेकी गौमुल गाँउपलिका किसान सम्झना रोकाया संकलन केन्द्र स्थापना भएपछि अहिले उत्साहीत बनेकी छन् । स्थानीय एक गैरसरकारी सँस्थाको सहयोगमा टनेल सहयोग पाएपछि उनले नियमित रुपमा तरकारी खेतिमा लागेकी छन् । उनले उत्पादन गरेको तरकारी सदरमुकाम मार्तडी र आसपासका बाजरमा पठाउने जिम्मा संकलन केन्द्रले लिने भएपछि तरकारी काहाँ कसरी बेच्ने भन्ने चिन्ता हटेको छ ।
बाजुरा जिल्लाको पश्चिम क्षेत्रकाम रहेको दुर्गम गाँउपालिकाको रुपमा परिचित गौमुल गाँउपालिकाका किसानहरुले उत्पादन गरेको उत्पादन गरेको तरकारी फलुफूल तथा अन्य कृषि जन्य सामाग्रीहरु बजारीकरण गर्न संकलन केन्द्र स्थापना गरिएको हो ।
गाउपालिाकाको दणीपाटा गाउमा तथा फलफूल खेती गर्दै आएका किसान बिष्नु रोकायाले पनि उत्पादन गरेको तरकारी बजार सम्म पुगाउन कठिन थियो । स्थानीय बजार सम्म उनले तरकारी पु¥याउन ३ घण्टा लामो बाटो र सदरमुकाम मार्तडी पु¥याउन ५ घण्टाको बाटो सम्म ढोकोमा बोकेर बेच्नु पथ्र्यो । अहिले तरकारी संकलन केन्द्र घर नजीकै भएपछि बजारी करणमा सहज हुने आशा बढेको छ ।
गौमुल कै अर्की किसान औला रोकायले तरकारी बेचेरै आफ्ना छोराछोरीको पढाईका लागी कपीकलमको जोहो गर्छिन । गाँउमा तरकारी बिक्रि नहुने बजार सम्मपुग्न बढिखर्चिलो हुने भएकाले समस्यामा थिईन । उत्पादन गरेको तरकारी गाँउ नजिकै बिक्र हुने भएपछि परिवारको गर्जो टार्न सहज हुने बिस्वारमा छन् ।
पालिका भित्रका कृषकहरुले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा समस्या नहोस भन्ने उद्देश्यले घटमुना बजारमा तरकारी संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
गौमुल गाउँपालिकाको समन्वय तथा आईएनएफ नेपालको २ लाख र एच आरसी बाजुराको ४७ हजार गरी २ लाख ४७ हजारको लागतमा तरकारी संकलन तथा विक्री केन्द्रको स्थापना भएको हो ।
पालिकामा सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तरकारी संकलन तथा विक्री केन्द्र निर्माण गरेर दैनिक संकलन तथा विक्री गर्ने गरी जिम्मेवारी लिएको अध्यक्ष श्याम बहादुर रोकायाले बताएका छन् ।
रोकायका अनुसार किसानलाई सौलियत हुनेगरी तरकारीको मुल्य निर्धारण गरेर सहकारी मार्फत नियमित रुपमा स्थानीय बजार सदरमुकाम मार्तडी लगायतका बजारमा तरकारी पठाइने छ । थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चिलो र समय धेरै खर्च हुने भएकाले संकलन केन्द्र मार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने कृषक तिलक विकले बताएका छन ।
यस अघि तरकारी संकलन केन्द्र नहुँदा कृषहरुले उत्पादन गरेको तरकारी विक्रि मा समस्या हुँदै आएको थियो । गाउँपालिकाको केन्द्र घटमुनामा तरकारी संकलन तथा विक्रि केन्द्र स्थापना गरिएसँगै अवदेखि कृषकहरुलाई सहज हुने भएको छ ।
गौमुल गाँउपलिकामा सुन्तला, कागती, बन्दा, रायो,काउली लगायत मौसमी तथा बेमौसमी तरकारी, सिमी भाँगो लगायतका कृषी जन्य उत्पादनहरु बढि उत्पादन हुने गरेको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com