ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



प्रेस चौतारी नेपाल बाजुरामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पाध्याय


बाजुरा ,प्रेस चौतारी नेपाल जिल्ला शाखामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । मंगलवार जिल्ला सदरमुकाम मार्तडीमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको २७ औं स्थापना दिवससँगै छैटौं जिल्ला अधिवेशनको उद्घाटन पछि बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जसमा अध्यक्षमा लक्ष्मीराज पाध्याय रहने गरी ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । त्यस्तै प्रेस चौतारी नेपाल बाजुराको उपाध्यक्षमा धनकृष्ण वि.क, कमला चदारा, सचिवमा सुशिल रोकाया, सह–सचिवमा दिपक बडुवाल, प्रमित वि.क, कोषाध्यक्षमा धनबहादुर वि.क लगायत सदस्य सहितको नेतृत्व चयन भएको जनाएको छ ।

त्यसैगरी जिल्ला शाखा कार्य समितिसँगै ४ जना केन्द्रीय प्रतिनिधि परिषद् र ५ जना प्रदेश परिषद् पनि सर्वसम्मत चयन भएको जनाएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.