बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा पुस्तकालयको भवन निर्माण गरिएको छ ।
प्रहरी परिसरमा जिल्लाका नागरिकले दैनिक रुपमा पुस्तकालयमा आएर अध्ययन गर्ने गरी विभिन्न लेखकका पुस्तक सहित राख्ने गरी भवन निर्माण गरेको हो ।
प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीको नेतृत्वमा बसिवियालो नामक पुस्तकालय निर्माण गरिएको हो । प्रहरी प्रमुख गिरीको अगुवाईमा तीन तले भवन निर्माण गरिएको छ ।
गिरीको व्यक्तिगत लगानी चार लाख र अन्य प्रहरी निरिक्षक हुदै जवानहरुको श्रमदानमा करिव एक करोड बढीको लगानीमा भवन निर्माण गरिएको प्रहरी बताइएको छ ।
प्रहरीले निर्माण गरेको पुस्तकालयमा चिया,कफी,मनोरञ्जनका लागि टेलिभिजन लगायतका दृश्यहरु राखिने प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।
अनावश्यक रुपमा नागरिकहरु हिडडुल गर्ने र फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक लिएर पढ्ने गरी पुस्तकालय व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक गिरीले बताए ।
पुस्तकालयको भवन निर्माणपछि पुस्तकहरुको व्यवस्थापन गरेर सबैले सहज रुपमा पुस्तकको पढ्न अवसर पाउने भएका छन् । प्रहरी कार्यालय परिसरमै पुस्तकालय संचालनमा आएपछि फुर्सदमा भएका हरेक नागरिकले पुस्तकालयमा गएर अध्ययन गर्न पाउने छन् ।
प्रहरी नायव उपरिक्षक गिरीले प्रहरी कार्यालयमा स्थपना गरिएको पुस्तकालयमा पाठ्यपुस्तक सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
उनले पुस्तकालयमा विभिन्न लेखकका पुस्तकहरु सहयोगका लागि अपिल प्रहरी नायव उपरिक्षक गिरीको रहेको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com