बसन्त बिश्वकर्मा
बाजुरा - जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले प्रविधी मैत्री कृषिमा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाजुरा र बडीमालिका नगरपालिका कृषि विकास शाखाले संयुक्त रुपमा आयोजना गरेको २१ औं धान दिवसको अवसरमा समन्वय प्रमुुख रोकायाले कृषि क्षेत्रको प्रवद्र्धन र उत्पादनमुखी बनाउनका लागि कृषि क्षेत्रमा लगानी आवश्यक रहेको बताएका हुन् ।
कृषि क्षेत्रको उत्वपादन र उत्पादकत्व बढाउने गरी आधुनिक कृषि प्रणाली अवलम्वन गरी कृषकलाई प्रविधी मैत्री सीप सिकाएर हस्तान्तरण गर्न जरुरी रहेको प्रमुख रोकायाको भनाई रहेको छ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले नगरपालिकाले पालिकाका सबै वडामा कृषकलाई प्रविधीमैत्री खेती प्रणालीका लागि निती अवलम्वन गरेको बताएका छन् ।
दिवसको अवसरमा नगर प्रमुख खड्काले नगरपालिकाले कृषि क्षेत्रमा उत्पादन बढाउन र रैथाने बालीको प्रवद्र्धन गर्ने गरी निती कार्यक्रममा समावेश गरी बजेट समेत विनियोजन गरेको बताए ।
उनले कृषकको उत्पादनलाई बढाउने गरी कृषि एक वडा एक प्राविधिक नितीको अवलम्वन गरी कृषकलाई थप टेवा पुग्ने खालका कार्यक्रम नगरपालिकाले अघि सार्ने भनाई छ ।
जिल्लामा आकाशे पानीको भरमा हालसम्म २६ प्रतिशत मात्र रोपाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताएका छन् ।
उनले कतिपय ठाउँहरुमा सिचाईको सुविधा भएपनि अधिकांश ठाउँमा आकाशे पानीको भरमा सिंचाई गर्नुपर्ने बाध्यता रहेकाले असार १५ गतेसम्म २६ प्रतिशत मात्र रोपाइ सकिएको बताए ।
२१ औं धान दिवस नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराले गडखेतमा हाम्रो एकता महिला कृषक समुहको निमन्त्रणामा दिवस मनाइएको हो ।
बडीमालिका नगरपालिका नगरल प्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेको थिए ।
कार्यक्रममा नगर उप प्रमुख नन्दा कुमारी थापा,सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप मण्डल लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधी,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख र पत्रकार किसानहरु सहभागी थिए ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com