बाजुरा / बुढिगङ्गा नगरपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता अवधिभर मदिरा बिक्री बितरण नगर्न आग्रह गरेकाे छ । नगरपालिका स्थिति भानाेदय माविमा भाेलिदेखि १५ गतेसम्म जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड सुरु हुदै छ ।
रनिङ शिल्ड अवधिभर कसैले पनि मदिरा बिक्रीवितरण नगरि दिन नगरपालिकाले एक सुचना मार्फत भनेकाे छ । नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै रनिङ शिल्ड अवधिभर प्रतियाेगिता स्थलमा मदिरा सेवन गरि प्रवेश गर्न,हाे-हल्ला गर्न झगडा गर्न तथा कार्यक्रम स्थल भन्दा ५०० मिटर आसपास भित्र मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न पुर्ण रुपमा बन्देज गरिएको नगरपालिकाले जारी गरेकाे सुचनामा भनिएकाे छ ।
यदि काेहि कसैले सुचनाकाे अवेज्ञा गरि मदिरा सेवन,बिक्रीवितरण तथा ओसारपसार गरेकाे खण्डमा कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिने जनाईएकाे छ । साथै रनिङ शिल्ड प्रतीयोगीतालाई भब्य,सभ्य शान्त तथा मर्यादित वातावरणमा सम्पन्न गर्न नगरपालिकाले सम्पुर्णमा आग्रह गरेकाे नगर प्रमुख रामबहादुर बानियाँद्वारा हस्ताक्षरित सुचनामा भनिएकाे छ ।
सूचना…
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com