ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



साढे ९ अर्बको कारोबार,२७ सय नजिक पुग्यो सेयर बजार


४ फागुन, काठमाडौं । सेयर बजार २७ सय अंक नजिक पुगेको छ । आइतबार  बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको भयो ।

१७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स सेक्टरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत बढेको छ ।

बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशत बढे । निर्जीवन बीमा १.२८ प्रतिशत घट्यो ।

६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै न्यादी हाइड्रोपावरको १० प्रतिशत घट्यो । एनएलजी इन्स्योरेन्सको ९.५५, बाराही हाइड्रोपावरको ७.४१, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.