ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



साँफे-मार्तडी सडकखण्ड बन्द


बाजुरा / बसको ठक्करबाट बालकको मृत्यु भएपछि साँफे-मार्तडी सडकखण्ड बन्द गरिएको छ । बुढीगंगा नगरपालिका-१ अम्कोट अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मत्यु भएको हो ।

सडक बन्द भएपछि काठमाण्डौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत तराई जाने र बाजुरासम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । मृतकका आफन्त नवराज पाध्यायले सडक बन्द गरेको बताएका छन् ।

धनगढीबाट सदरुमकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ बालक गम्भीर घाईते भएका थिए ।

बसको ठक्करबाट गम्भीर घाईते भएका ८ वर्षीय बालक नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा आईतबार बिहान मृत्यु भएको थियो । 

गर्भवती आमाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत रेफर गरिएको छ भने बालकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । 

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.