ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघ बाजुराले बुझायाे २२ बुदे ध्यानाकर्षण पत्र


बाजुरा/  संघिय सरकारको यहि हिउँदे अधिबेशनबाट शिक्षा ऐन जारी गर्न नेपाल शिक्षक महासंघ देशब्यापी आन्दोलनमा रहेको छ । सोही क्रममा नेपाल शिक्षक महासंघ बाजुराका शिक्षकहरु पनि चरणबद्ध आन्दोलनमा रहेका छन । 

सुक्रबार नेपाल शिक्षक महासंघ बाजुराले शिक्षा बिकास तथा समन्वय ईकाइ बाजुरामा खवरदारी सभाको आयोजना गर्नुका साथै २२ बुदे ध्यानाकर्षण पत्र बुझाएको छन । बाजुराका शिक्षकहरु तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग रार्ख्दै जल्लाका ९ वटै स्थानीय तहमा मंगलबार खबरदारी तथा ध्यानाकर्षण गरेर जिल्ला केन्द्रीत भएको छ नेपाल शिक्षक महासघ बाजुराले जनाएको छ ।

शिक्षा बिकास समन्वय ईकाइको कार्यालयमा गरिएको खवरदारी सभामा शिक्षक महासंघअन्तर्गत रहेका नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधि र नेपाल शिक्षक महासंघ बाजुराका प्रतिनिधिहरुको उपस्थिति थियो ।

उनीहरुले सरकारले तत्कालै शिक्षा ऐन जारी गरी शिक्षकहरुको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।देश संघीयतामा गए पनि शिक्षा क्षेत्र भने पन्चायत कालको समयमा बनाइएको शिक्षा ऐन २०२८ बमोजिम नै चलिरहेको छ ।

संघीयताको मर्म र युग सुहाउँदो ऐन बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यकता रहेकाले चालू हिउँदे अधिवेशनबाट शिक्षा ऐन पास गरि कार्यान्वयनमा ल्याउनुपर्ने माग सहित नेपाल शिक्षक महासंघ बाजुराले खवरदारी सभाका साथै ध्यानाकर्ष पत्र बुझाएको हो ।

शिक्षा बिकास समन्वय ईकाई बाजुराका प्रमुख टिकाराम जोशीले शिक्षकहरुको जायज मागप्रति आफूहरुको समर्थन रहेको बताए । उनले यसअघिदेखि नै शिक्षकहरुको आन्दोलनका बारेमा आफू जानकार रहेको बताउँदै शिक्षा बिकास समन्वय ईकाइ बाजुराले गर्नुपर्ने सहयोग र समर्थन सधैँ रहने आश्वासन दिए । शिक्षक महासंघ बाजुराका अध्यक्ष पुर्ण बहादुर खातीको टोलीले शिक्षा बिकास समन्वय ईकाई बाजुराका प्रमुख टिकाराम जोशीलाई ज्ञापनपत्र बुझाएका थिए । शिक्षक महासंघले तत्कालै शिक्षा ऐन जारी गर्नुपर्ने तथा स्थायी, राहत, साविक उमावि, शिक्षक सिकाई अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा र संस्थागत विद्यालयका शिक्षक कर्मचारी सबैको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेको छ ।

देशव्यापी आन्दोलन गर्ने शिक्षक महासंघको सर्कुलर अनुसार आज देशभरका शिक्षा बिकास समन्वय ईकाईमा खबरदारी तथा ध्यानाकर्षण सभाको आयोजना गरिएको नेपाल शिक्षक महासघ बाजुराका सचिव धिर बहादुर दानीले बताएका छन । मंगलबारदेखि शिक्षक महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । फागुन १७ गते काठमाडौंमा कालोपट्टीसहित जुलुस प्रदर्शन तथा खबरदारी सभा गरिने महासंघले जनाएको छ । फागुन

१९ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिनेछ । दोस्रो चरणमा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम ल्याइने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन ।


आन्दोलनका क्रममा ‘हाम्रो आन्दोलन जारी छ’, ‘हाम्रा माग सम्बोधन हुने गरी यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्‌’, ‘नेपाल शिक्षक महासंघ जिन्दावाद’ जस्ता नारा तय भएका छन् ।

त्यसै गरि नेपाल शिक्षक राष्ट्रिय समितिद्धारा आन्दोलन परिचालन समिति गठन गर्न लागि गरिएको निर्णय अनुसार बाजुरा जिल्लाबाट ५१ सदस्यीय समिति गठन गरिएको नेपाल शिक्षक महासंघ बाजुराले जनाएको छ । पुर्ण बहादुर खाती संयोजक रहने गरि काठमाण्डौमा हुने आन्दोलनमा ५१ जना शिक्षकहरुको समिति बनाईएको छ ।

सो समितिमा शिक्षक महासघको अगुवाईमा शिक्षकहरुका सबै संघ संगठनहरु समान सहभागी हुने गरि समिति गठन गरिएको शिक्षक महासघ बाजुराले जनाएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.