ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



स्थानीय तह स्वमूल्यांकनमा बुढीगंगा पहिलो,हिमाली पुछारमा


 ७ भदौ, बाजुरा । बाजुरामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा बुढीगंगा नगरपालिका उत्कृष्ट अंक ल्याउदै पहिलो भएको छ । यस अघि लिजाले २०८० को माघमा सार्वजनिक गरेको नतिजाको गुणस्तर परिक्षणको अन्तिम नतिजामा अन्य पालिका भन्दा उत्कष्ट अंकल ल्याउदै बुढीगंगा पहिलो भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/८० को सार्वजनिक गरेको स्वमूल्याङ्कन नतिजा प्रदिवेदन अनुसार बुढीगंगा नगरपालिकाले ८४ दशमलव ५० ल्याउदै जिल्लामै पहिलो भएको लिजाको प्रतिबेदनमा उल्लेख गरिएको छ । ८० दशमलव २५ अंक ल्याउदै जगन्नाथ गाउँपालिका दोस्रो भएको छ ।

त्यसै गरी गौमुल गाउँपालिकाको ७१ दशमलव २५, स्वामिकार्तिक खापरको ७१, खप्तड छेडेदहको ६९ दशमलव ५०, बडिमालिका नगरपालिकाको ६६ दशमलव ७५ अंक रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै त्रिवेणी नगरपालिकाको ६२ दशमलव ७५, बुढीनन्दा नगरपालिकाको ४८ दशमलव ७५ र हिमाली गाउँपालिकाको ४६ दशमलव ५० अंक कायम गरिएको अन्तिम नतिजा प्रतिवेदनमा उल्लेख छ ।

यस अघि सार्वजनिक गरिएको लिजाको नतिजामा जिल्लामा जगन्नाथ गाउँपालिका पहिलो भएपनि त्यसै नतिजापछि गुणस्तर परिक्षणको अन्तिम नतिजामा बुढीगंगा पहिलो भएको जिल्ला समन्वय समिति बाजुराका कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले बताएका छन ।

No description available.
मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने उदेश्य सहित आर्थिक बर्ष २०७९।८० को नतिजा बिहिवार सार्वजनिक गरेको छ । त्यस्तै आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरेको जनाएको छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ । विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् ।
स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा आफ्नो मूल्यांकन गर्ने गरी विभिन्न इन्डिकेटर (सूचक) निर्धारण गरिएको सहसचिव खनालले जानकारी दिए । स्थानीय तहले गरेको स्वमूल्यांकनलाई जाँच गर्ने जिम्मेवारी भने जिल्ला समन्वय समितिलाई दिएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.