ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सुत्केरी महिलाको बाजुराबाट हवाई उद्धार


बाजुरा– जिल्ला अस्पताल बाजुराबाट एक जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । दुइ दिन पहिले सुत्केरी भएकी हिमाली गाउँपालिका १ कि देउलीसैनकी २२ बर्षिया सुस्मीता खड्का थापाको हवाई उद्धार गरिएको हो । जिल्ला अस्पतालमा शल्यकृया गरि बच्चा जन्माएको भएपनि स्वास्थ्यमा समस्या आएका कारण जिल्ला अस्पतालबाट रिफर गरीएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
४ दिन पहिले घरमै उनलाई सुत्केरी ब्यथाले च्यापेको र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको उनका आफन्त मन बहादुर थापाले बताएका छन ।  दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरीको पेट सुनिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको बताए ।  

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सम्भव नभएपछि जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो । जिल्ला अस्पताल बाजुरामा २८ गते राति सल्याकृया गरिएको थियो ।
जिल्ला अस्पताल बाजुराबाट सुत्केरी महिलाको अवस्था जटिल बन्दै गएको पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयलाई हेलिकप्टर मार्फत उद्धारका लागि  पहल गरेरपछि सुत्केरी महिलाको सेनाको एन ०६६ काे  हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । 

स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा राष्ट्रपती महिला उथ्थान कार्यक्रम अन्तरगत हवाई उद्धार गरि सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
शल्याकृया भएको दिन उनलाई ब्लडको आबस्यकता भएर पत्रकार लक्ष्मीराज पाध्याय र जिल्ला अस्पताल बाजुरामा कार्यरत स्वास्थ्यकर्मी लाेकेन्द्र नाथले समेत रक्तदान गरेका थिए । जिल्लामा  हरेक महिनामा गर्भवती तथ सुत्केरी महिलाको जिल्लामा उपचार सम्भव नभएर  सेनाको हेलिकप्टर मार्फत उद्धार हुदै आएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.