बसन्त विश्वकर्मा
पुष १७ बाजुरा,
लगातार तिन महिना देखि पानी नपरेपछि बाजुराका किसानहरु चिन्तीत बनेका छन् । बर्षा भएपछि हिउदे बाली गहुँ,जौँ उम्रिने आसामा, आफ्नो बारीमा हिउदे वाली लगाएका किसाहरु पानी नपरेपछि चिन्तीत बनेका हुन् ।
तिन महिना देखि पानी नपरेपछि जिल्लाका अधिकांस खेत बारिहरु बाँझै देखिन थालेका छन् । असोज महिना यता पानी नपरेपछि आकासे पानीको भरोषमा गहुँ छरेका अधिकांस खेतबारीहरु बाँझै देखिन थालेका हुन् ।
असोज महिनाको मध्य तिर बर्षा भएपनि त्यसपछि जिल्लामा निरन्तर रुपमा पानी परेको छैन् । गहुँ, जौ छर्ने बेलामा जमिनमा अलिअलि आद्रता भएका कारण ओसिलो क्षेत्रको जमिनमा छिटफुट रुपमा गहुँ जौ,उम्रिएपनि सुख्खा क्षेत्रमा भने पुस महिना सम्मपनि गहुँ, जौ उम्रेका छैनन् ।
हिमाली गाँउपालिकाका किसान धनबहादुर बोहोराले आफ्नो १ रोपनी पाखो बारिमा गहुँ र जौ छरेको तिन महिना बित्यो तर अहिले सम्म उनको बारी बाँझै देखिन्छ । पानी परेको बर्ष यतिवेला सम्म उनको बारी हरियो मैदान जस्तै देखिन्थ्यो, तर यस बर्ष मरुभुमी जस्तै सुख्खा र उजाड देखिन्छ । उनले भने “खेतबारीमाबाट फलेको गहुँ जौmे परिवार पाल्ने आसा त यसबर्ष नहुने भयो बारीमा छरेको विउपनि फल्ने आशा रहेन” सिचाई सुविधा नभएका पाखो बारीमा यस बर्ष गहुँ र जौँ उत्पादन नहुने अवस्था देखिएको किसानहरु बताउछन् ।
बुढिनन्दा नगरपालिका वडा नं १० अँगाउपानीमा यतिवेला सम्म २ पटक सम्म हिउपर्ने बेला भयो तर पानी नपरेपछि यहाँका जौ बारीहरु बाझै छन् । गहुँको तुलनामा जौ बढी फल्ने उच्च हिमाली क्षेत्रमा पर्ने अँगाउपानीमा गाँउमा यसपाली जौ उत्पदन नहुने पिरोले किसानलाई छ । किसन काल्चे सार्कीको करिव आधा रोपनी पाखो बारिमा छरेको जौ अहिले सम्म उम्रेको छैन । जौ नउम्रेपछि छोराछोरी कसरी पाल्ने चिन्ता रहेको बताउछन् ।
जिल्लाको हिमाली गाँउपालिका,स्वामीकार्तिक खापर गाँउपालिका र जगन्नाथ गाँउपालिकाका अधिकांस खेति योग्य जमिन खडेरीका कारण बाँझै रहेको ति पालिकाका कृषि शाखाहरुले बताएका छन् ।
यता खप्तड छेडेदह गाँउपालीका, गौमुल गाँउ पालिका, त्रिवेणी नगरपालिकामा पनि खडेरीका कारण हिउदे बाली उत्पादनमा ह्रास आउने देखिएको छ । यी गाँउपालिकाको कुल खेतियोग्य जमिनको ७० प्रतिसत जमिन सिचाई सुविधा नभएको पाखो बारीमा खेति गरिन्छ ।
उमेरले ७० बर्ष पुगेका बडिमालिका ९ झराउलेका किसान विरु सार्कीले खेतबारीमा पनि यतिवेला सम्म गहुँ जौँ उम्रीएका छैनन् । उनको भएजतिको जमिन सवै पाखोबारी मात्र छ । सिचाई नहुने बारीमा गहुँ छरेपनि पानी नपरेपछि जमिन सुख्खा छ । उनले पछिल्लो समयमा हावापनीमा निकै परिवर्तन भएको महशुस गर्नु भएको छ । ७ दशकको जिवनको यात्रामा उनले, बाढि ,पहिरो, माहामारी, आपत बिपत सवैको भोगाई रहेको बताउछन् । ७० बर्षको उमेर सम्म आइपुग्दा खेतबारीमा जतिधेरै मेहनत गरेपनि उत्पादन घट्न थालेको बताउछन् । बिगतलाई स्मरण गर्दै उनले भने “पहिले बेलाबेलामा चाहिएको बेलामा पानी पथ्र्यो तर अहिले चाहिएको बेलामा पानि पर्दैन नचाहिने बेलामा अति पानी पर्छ अनि कसरी बालीनाली राम्रो हुन्छ ”
पानी नपरेका कारण खेतबारीमा उम्रिएका गहुँ,जौँ पनि सुक्न थालेको किसानहरु बताउछन् । पानी नपरेका कारण सिंचित क्षेत्रको बाली पनि खासै राम्रो देखि दैन । बाजुरा जिल्लाका कुल खेति योग्य जमिनको ५० प्रतिशत भुभागमा आकासे पानीको भरमा खेति गर्ने गर्दछन् ।
कृषि ज्ञानकेन्द्र बाजुराका अनुसार हिउदे बाली गहुँ जौँ ,उवालाई पुस महिना सम्म कम्तिमा पनि तिन पटक सम्म पानीको आबश्यकता पर्ने गर्दछ । तर यस बर्षको खडेरीका कारण बाली छरेदेखि ३ महिना सम्म खडेरी परेपछि सिचाई नहुने पाखो बारीमा उत्पादन नहुने देखिएको छ ।
गहुँ छरेको करिव २८ दिन भित्र बालीलाई पानी आबश्यक पर्ने ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रशाद जैशीले बताए । यस बर्ष खडेरीका कारण हिउदे बाली उत्पानदनमा ४० प्रतिसत सम्म ह्रास आउने उनको अनुमान रहेको छ । बाजुराका अधिकांस क्षेत्रहरु उच्च पहाडी भुभागमा रहेकाले समयमै पानी र हिउ परेमा हिउदे मुख्यबाली गहुँ र जौ लाई निकै राहात हुने गर्दछ । पानी नै नपरेपछि बाली राम्रो नहुने जैशीले बताउनु भयो ।
सुचना अधिकारी जैशिका अनुसार बाजुराको उत्तरी क्षेत्रमा पर्ने स्थानीय तहहरु अधिक सुख्खा क्षेत्र भएकाले हिमाली,स्वामीकार्तिक खापर र जगन्नथ गाँउपालिकाकाका किसानहरु खडेरीको मारमा परेका छन् । सम्भावीत जोखिम र मौसमी परिवर्तकोको पुर्वा अनुमान अनुसार किसानलाइ सुख्खा रहन गर्ने जताको बिउ लगाउन र सिचाई सुविधा बढाउन प्रयास भइरहेको भएपनि प्राकृतिक प्रकोपलाई न्युनीकरण गर्न चुनौति रहेको उहाँको भनाई रहेको । जैशीले भने “ कतिपय ठाँउमा सिचाई सुबिधा उपलब्ध हुनै कठिन छ , सिचाई सुबिधा भएपनि बिरालो जमिन पानीको अप्रयाप्तता,किसानहरुको चेतना,जल र बायुअनुकुलको प्रबिधीको उलब्धता र पहुँच पु¥यानु निकै चुनौति छ ।”
खडेरीकाकारण पानी नपरेपछि हिमाली क्षेत्रहरुमा हिउ नजमेपछि खोलामा पानी समेत कम हुने र सिचाईको बुहुचमा भएका खेतबारीमा समेत किसानहरुलाई सिचाई गर्न समस्या भएको छ । सिंचित क्षेत्रका केहि खेतबारीमा गहुँ जौ, तोरी लगायतका बालीहरु आंसिकरुपमा देखिएपनि बाजुरा जिल्लामा यस बर्ष हिउदे बाली उत्पादनमा ५० प्रतिसत सम्म घट्ने देखिएको छ । खडेरीका कारण गहुँ जौ मात्र नभई सागतरकारी दाल मसाला जन्य बालीहरु पनि उप्तदनमा ह्रास आउने देखिएको छ भने सामान्य परिवारका लागी आश्यक पर्ने तरकारी उत्पादन हुने किसानको करेसा बारी पनि सुख्खा रहेका छन् । आसोज महिना सम्म अत्याधिक पानी परेनी त्यसपछि खडेरीकाकारण चिसो समेत अत्याधिक बढेको स्थानीय बताउछन् ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा २३३४५ हेक्टर कुल खेतियोग्य जमिन रहेका भएपनि ८८१३ हेक्टर जमिन बाझो रहेको छ भने ७२३० हेक्टर सिंचित र खेत ५२०० हेक्टर, असिंचित र पाखो खेती २०३० हेक्टर रहेको बताएका छन। त्यस्तै कुल खेति गरिएको जमिन २६१६० हेक्टर छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com