ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



उपकरण बिग्रिएपछी जुरामा राष्ट्रिय परिचयपत्र सेवा बन्द


बाजुरा– बाजुरा जिल्लामा राष्ट्रिय परिचयपत्रको सेवा बन्द भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रिएपछि सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र बिग्रिएको र उपकरण जिल्लाभित्र मर्मत गर्न असम्भव भएर राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौंमा पठाउनुपर्ने हुँदा तत्काल सेवा अवरुद्ध भएको जनाएको छ ।

उपकरण बिग्रिएपछि कुनै वैकल्पिक व्यवस्था नभएकाले उक्त उपकरण मर्मत भई नआएसम्म राष्ट्रिय परिचयपत्र सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन् ।

No description available.



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.