बाजुरा १० मंसिर। स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ ।
गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निश्पक्ष एंव भयरहित बातावरणमा सम्पन्न गर्नका लागि आजबाट लागु हुने गरि पालिकाभित्र मदिरा विक्री वितरणमा पूर्णरुपमा रोक लगाएको हो ।
गाउँपालिकाले सम्पूर्ण वडाभित्र निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नहुन्जेलसम्मका लागि नसाजन्य पदार्थ उत्पादन, ओसारपसार बेचविखन तथा सेवन गर्न पूर्ण रुपमा निषेध गर्न गाउँपालिकाबासीलाई सूचना मार्फत सचेत गराएको हो ।
निर्वाचन अवधिभर गाउँपालिकाले गरेको सूचना अनुसार मदिरा सेवन, विक्रि वितरण, ओसारपसार लगायतका कार्यहरु गरेमा कानुन अनुसार कारवाही बताएको छ । गाउँपालिकाको उपाध्यक्ष पदका लागि यहि मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com