ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



विपद्का ३ सय १७ घटनामा आठ करोड ५२ लाखको क्षति, २७ को मृत्यु


धनगढीः सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट आठ करोड ५२ लाख मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि माघ चौथो साता (मंगलवार २२ गते)सम्म प्राकृतिक विपद्का घटनाबाट आठ करोड ५२ लाख ४६ हजार मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको हो। सो अवधिमा पहिरोबाट ६ लाख २५ हजार मूल्यको धनमाल नष्ट भएको छ। ६ महिनामा पहिरोका ५३ घटना घटेका छन्। पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ।

पहिरोबाट १८ जना घाइते भएका छन भने एक सय १७ परिवार प्रभावित बन्न पुगेका छन्। सो अवधिमा १४ वटा चट्याङका घटना घटेका छन्। यस्तै पहिरोबाट ४० पशुचौपायामा क्षति पुगेको छ। चट्याङबाट तीन पुरुष र २ महिलाको मृत्यु भएको छ। चट्याङबाट १० लाख ५० हजार मूल्यको धनमाल नष्ट भएको छ। 

आगलागीका ९९ घटना  सुदूरपश्चिममा सात महिनाको अवधिमा ९९ वटा आगलागिका घट्ना भएका छन्। आगलागीबाट एक महिलाको मृत्यु भएको छ भने, आठ करोड १३ लाख ३६ हजार मूल्यको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालक केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।

यस्तै हावाहुरीबाट ७ लाख, भारी वर्षाबाट १२ लाख ६० हजार, अन्य विपदबाट २ लाख २५ हजार र जंगल आगलागीबाट ५० हजार मूल्यको क्षति भएको केन्द्रले जनाएको छ। विपद्का घटनाबाट सो अवधिसम्म ११ पुरुष र १६ महिला गरेर २७ जनाको मृत्यु भएको छ।

यस्तै, २०८० साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्मको बिवरण अनुसार बाढी र पहिरोमा परी सात जनाको ज्यान गएको छ। बाढी र पहिरोमा परी १५ जना घाइते भएका छन्। सो अवधीमा जंगली जनावरको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने ४७ जना घाइते भएका छन्। यस्तै लेक लागेर एक जना र भूकम्पबाट एक जनाको ज्यान गएको थियो।

एक वर्षमा ५४ पटक गएको भूकम्पमा परी २९ जना घाइते भएको सो विवरणमा उल्लेख छ। यस अवधिमा विपद्का विभिन्न घटनाबाट १ सय ४४ घर पूर्ण रुपमा क्षति भएका छन्। यस्तै, ८ सय २१ घर आंशिक क्षति भएका छन् भने ९६ गोठमा क्षति भएको छ। विपद्का कारण ४ सय ५४ पशु चौपाया मरेका छन्। एक वर्षको अवधीमा १२ करोड ७५ लाख ४२ हजार क्षति भएको अनुमान गरेको छ।
 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.