ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



‘देशको अवस्था सुधार गर्नुछ,भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री


२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने कारबाही हुने दाबी गरेका छन् । मंगलबार ललितपुर महानगरको स्थापना दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । सुशासन दिनुछ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’

उनले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । ‘हामी जनताका सेवक हौं, हामीभित्र घमण्ड पलाउन हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.