कोशी प्रदेश सरकारविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ।
मुद्दाबारे आजै फैसला आउन सक्ने सम्भावना छ।
भदौ ४ गते मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।
सर्वोच्चले भदौ ७ गतेको सुनुवाइमा सरकारलाई दीर्घकालीन असर पर्ने कुनैपनि निर्णय नगर्न आदेश गरेको थियो।
सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ।
सर्वोच्चले मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन पनि आदेश दिएको थियो। सोही अनुसार आज सुनुवाइ हुन लागेको हो।
यसअघि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com