ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



कोशीको मन्त्रिपरिषद आज विस्तार हुँदै, अपराह्न ४ बजे शपथ


२६ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री कार्कीले आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने जानकारी दिए ।

नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् । इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।

यसैगरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जामगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दैछन् । उनीहरुलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.