ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी


मुगु / रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्णरुपमा नष्ट भएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सरोज गिरि आफू पनि घटनास्थलतर्फ गइरहेको बताए । ‘आगो नियन्त्रणमा त आइसकेको छ।  तर बाँकी के कति क्षति पुगेको छ भन्ने खुलिसकेको छैन’, उनले भने ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.