ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



रविको मुद्दा देशकै कान्छा न्यायाधीश राईको इजलासमा


८ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो ।

सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ ।

न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए ।

देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् ।

त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए ।

कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।

रविसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ, अनि राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.