ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सामाजिक सञ्जालका आइडी ह्याक गरे तीन वर्षसम्म कैद हुने!


सरकारले कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद सजाय गर्ने गरी विधेयक बनाएको छ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कसैको आइडी तथा सूचना ह्याक गर्न नहुने उल्लेख छ।

ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ।

कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्र्याक गरी कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त संकेत, पासवर्ड वा सिरियल नम्बर चोरी गरी अनधिकृत रूपमा पहुँच प्राप्त गरी तथ्यांक भण्डारमा हस्तक्षेत्र गर्नेलाई ह्याक भएको मानिने उल्लेख ।

यो विधेयक संसदमा पेस भएको छ। यस विधेयकले कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने नियतले, अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच प्रवाह गर्नेलाई पनि सजाय तोकेको छ। 

यसो गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख गरिएको छ। 

सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिवाना गर्नुअघि सफाईको मौका दिइने पनि उल्लेख गरेको छ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.