काठमाडौं । कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ अहिले दोस्रो सातामा प्रदर्शन भैरहेको छ । फिल्मले घरेलु बक्सअफिसमा सन्तोषजनक ब्यापार गरिरहेको देखिएको छ ।
चलचित्र विकास बोर्डअन्तर्गतको बक्सअफिसमा प्रदर्शनको १२ औं दिन आइतबारसम्म फिल्मले ३ करोड ४७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्म महाशिवरात्रिको अवसरमा फागुन १४ गते रिलिज भएको थियो ।
चर्चित टिभी सिरिज ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्मको यो कमाइ अपेक्षाभन्दा न्यून हो । रिलिजअघिको प्राप्त हाइप, चर्चित कलाकार र ब्यानर हेर्दा फिल्मको अझै आक्रामक कमाइ गर्ने प्रक्षेपण गरिएको थियो ।
फिल्ममा सीताराम कट्टेल, अर्पण थापा, महेश त्रिपाठी, रेणुनाथ योगी, मुकुन्द श्रेष्ठ लगायतको अभिनय छ । सुन तस्करीको कथावस्तुमा बनेको यो फिल्म अहिले विदेशमा समेत प्रदर्शन भैरहेको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com