काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या भएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो ।
सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्जस्थित अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोत बताउँछ ।
रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको स्रोतले जानकारी दियो ।
गायिका रिमाल अहिलेकी ब्यस्त गायिका हुन् ।


अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com