ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



प्रकाश सपुत र परीक्षा लिम्बुको ‘सोल्टिनी’ संविधान दिवसमा आउने


काठमाडौं । प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर कथानक फिल्म ‘सोल्टिनी’को छायांकन सकिएको छ । पूर्वी नेपालका इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका लोकेसनमा छायांकन गरिएको थियो ।

३६ दिनमा फिल्म इन्ड-कल्याप भएको निर्देशक अर्जुन सुवेदीले बताए । भोजपुरको अन्नपूर्ण गाउँमा भएको ‘इन्ड-क्ल्याप’ दृश्यमा परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे ।

छायांकन तोकिएको समयभित्र टुंगिएको बारे निर्देशक सुवेदीले भने, ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायांकन सम्पन्न गर्न सफल भयौँ ।’

उनले अघि भने, ‘फिल्मभित्रका प्रत्येक दृश्यलाई सुन्दर बनाउन हामीले छायाङ्कन स्थलको राम्रो अवलोकन गरेका थियौँ । इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्‍यो ।’

फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।

फिल्ममा कलाकारको बाक्लो उपस्थिती छ जसमा प्रकाश सपुत, विल्सनविक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा छन् ।

सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निर्वाह गरेका छन् । यो जोडी पहिलोपटक एकसाथ पर्दामा देखिन लागेको हो ।

संगीत प्रशान्त शिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् । छायांकन सुसन प्रजापतिले गरेका छन् । प्लानेट थ्री फिल्सको प्रस्तुति, नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्ममा रेजिना बिष्ट र संसार चौलागाईं निर्माता हुन् । फिल्मको प्रदर्शन २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन हुने जनाइएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.