ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



माग्ने बुढा महंगो बन्दा खुसी देखिएका जितुमाग्ने बुढा महंगो बन्दा खुसी देखिएका जितु : ‘गीताञ्जली’ गर्दा बल्लबल्ल ३ सय दिन्थ्यौं


काठमाडौं । केहीदिनअघि अभिनेता केदार घिमिरेले पछिल्ला फिल्मबाट आफूले ५० लाख रुपैयाँभन्दा धेरै पारिश्रमिक लिने गरेको बताएका थिए । उनले रकम त खुलाएनन् तर निर्माताले नै आफूलाई त्यति रकमको अफर गरेको बताए ।

यो स्वभाविक पनि हो किनभने, घिमिरे पछिल्लो समयका ‘डिमान्डेड’ अभिनेता हुन् । यो दाबी सहि हो भने, घिमिरे पछिल्लो समयका महंगा अभिनेता हुन् । यतिबेला घरेलु फिल्म वृत्तमा घिमिरेको पारिश्रमिकको चर्चा छ ।

यस्तोमा, लामो समय घिमिरेसँग सहकार्य गरेका अभिनेता जितु नेपालले घिमिरे महंगा कलाकार बनेकोमा खुसी व्यक्त गरेका छन् । केही मिडियासँगको कुराकानीमा उनले यो कुराले आफू प्रसन्न भएको बताए ।

‘कुनैबेला गीताञ्जली गर्दा केदारलाई ३ सय रुपैयाँ पारिश्रमिक दिन्थ्यौं’ उनले सम्झिए, ‘त्यतिबेला बल्ल बल्ल त्यति पैसा भएपनि दिन्थ्यौं । आज केदार सबैभन्दा महंगा कलाकार भएकोमा खुसी लागेको छ ।’ केही दिनअघि एक कमेडी शोमा अतिथि बनेर पुगेका जितुलाई पत्रकारले यो सन्दर्भमा प्रश्न गरेका थिए ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.