ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



नेपाल-बंगलादेशबीच फाइनलको टिकट लिन ३ बजेदेखि लाइन, टिकट नपाएपछि नाराबाजी


साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत् नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे फाइनल हुँदैछ।

फाइनल खेलका लागि सुरूमा अनलाइनबाटै टिकट बिक्री गरिएको थियो। तर मंगलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइनबाट टिकट बिक्री रोकेर दुई ठाउँबाट भौतिक रूपमा बिक्री गर्ने सूचना जारी गरेको थियो।

त्यतिबेलासम्म अनलाइनमार्फत् चार हजार एक सयले टिकट किनिसकेका थिए। भिआइपीतर्फ एक हजार भन्दा बढी टिकट बिक्री भइसकेको थियो। बाँकी ४९ सय भौतिक टिकट बिक्री गर्ने भनिएको थियो।

जसपछि बुधबार बिहान ३ बजेदेखि टिकट किन्न मानिसहरू लाइनमा बसेर टिकट किनिरहेका हुन्। टिकट काठमाडौंको भद्रकाली र ललितपुरको जावलाखेलबाट बिक्री भइरहेको हो।

भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिएका छन्। उनीहरूले एन्फाविरूद्ध नाराबाजी गरिरहेका छन्।

भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो।

८० लाखमा टेन्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो। जबकी रंगशालाको क्षमता १४ हजारको हो।

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.