ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



नेपालले १३ महिनामा खेल्यो नौ खेल, जितेन एउटै


नेपाली राष्ट्रिय फुटबल टोली बुधबार पाँच महिनापछि मैदान फर्कियो।

ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेर नेपाली टोली मैदान फर्किएको हो। पाँच महिनापछि मैदान फर्कादा नेपाली टोलीका लागि नतिजा भने सहज हुन सकेन। 

घरेलु टोली ताजिकिस्तानले नेपाललाई ४-० गोलले पराजित गर्‍यो। ताजिकिस्तानको वर्षा र चिसोका बीच मैदान उत्रिएको नेपाली टोलीको प्रदर्शन फिक्का थियो। नेपालले विपक्षी पोस्टमा खासै आक्रमण बुन्न सकेन भने खेलाडीबीच पनि तालमेल देखिएन। 

घरेलु टोली ताजिकिस्तानसँग सेन्ट्रल रंगशाला डुसान्बेमा भिड्दा नेपाली टोलीबाट निराजन धामीले डेब्यू गरे। यू-२० टोलीका फरवार्ड निराजनले राष्ट्रिय टोलीमा पनि डेब्यू गरेका हुन्। 

466102131_894165399529026_2464878349015307218_n-1731571799.jpg
बुधबारको हारसँगै औपचारिक र अनौपचारिक खेलमा नेपालको जितविहीन यात्रा नौ खेल पुगेको छ।

पछिल्लो १३ महिनादेखि नेपालले जितको स्वाद चाख्न पाएको छैन। नेपालले नौमध्ये आठ खेलमा पराजय भोग्दा एक खेलमा भने बराबरी खेलेको छ।

पछिल्लो पटक नेपालले फिफा विश्वकप तथा एसियन कप छनोटको खेलमा लाओसलाई १७ अक्टोबर २०२३ मा १-० गोलले पराजित गरेको थियो। लाओसलाई  विश्वकप छनोटको हिलो चरणको दुई लेगको खेलमा समग्रमा २-१ गोलले पराजित गरेर दोस्रो चरणमा पुगेयता नेपाली टोली जितविहीन छ।

नेपाली टोलीले त्यसपछि युएईसँग ४-० र यमनसँग २-० को हार ब्यहोरेको थियो। सन् २०२३ मा भएका दुवै खेल फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत दोस्रो चरणका हुन्। 

त्यसपछि नेपालले मलेसियासँग गत मार्चमा भएको अनौपचारिक मैत्रीपूर्ण खेलमा ५-१ गोलको हार ब्यहोर्‍यो। लगत्तै विश्वकप छनोटको खेलमा नेपाल बहराइनसँगको दुई लेगमा ५-० र ३-० गोलले पराजित भयो। 

नेपालको हार यतिमा मात्र सीमित भएन। गत मेमा इंग्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण खेल खेल्न गएको नेपाली टोली २-० गोलले हार्‍यो। त्यसपछि नेपालले गत जुनमा विश्वकप छनोटका दुई खेल खेल्यो। जसमा युएईसँग ४-० गोलले पराजित हुँदा यमनसँग भने २-२ गोलको बराबरी खेल्यो। यमनसँगको बराबरीले नेपालको सात खेलको पराजित यात्रा सकिएको थियो। 

पछिल्ला नौ खेलको विश्लेषण गर्दा नेपालले ३१ गोल खाएको छ भने ३ गोल मात्र गर्न सकेको छ। 

अब नेपालले शनिबार अफगानिस्तानसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ। ताजिकिस्तानमा हुने मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको नौ खेलको जितविहीन यात्रा सकिनेछ। तर पछिल्लो समय फुटबलमा प्रगति गरिरहेको अफगानिस्तानलाई हराउन नेपालका लागि सहज छैन। 

नेपालका पछिल्ला दश खेल

नेपाल १-० लाओस
नेपाल ०-४ युएई 
नेपाल ०-२ यमन
नेपाल १-५  मलेसिया
नेपाल ०-५ बहराइन 
नेपाल ०-३ बहराइन
नेपाल ०- २ इंग्ल्यान्ड सी 
नेपाल ०-४ युएई 
नेपाल २-२ यमन 
नेपाल ०-४ ताजिकिस्तान

465955830_894165616195671_9092517735069847123_n-1731571851.jpg



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.