ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ


१० फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

१३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।

तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् । बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्तले झण्डा हल्लाउँदै मन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक देखिएको बताए । ‘अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्छ ? उनले भने, ‘नैतिकता छ भने प्रधानमन्त्रीले जवाफ दिनुस् ।’

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राजीनामा दिनुपर्ने उनले बताए ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.